कोरोना त्रासले उपत्यका छाड्नेका संख्या ९ लाख पुग्यो !

Facebook Debugger

काठमाडौँ । सरकारले सोमबारदेखि लागु हुने गरी लामो दूरीका सार्वजनिक सवारीका साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेपछि लाखौँ मानिसले काठमाडौँ छाडेका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि गत बुधबार सरकारले गरेको यस्तो निर्णयपछि राजधानी छाडेर गृहक्षेत्र फर्कनेहरुको संख्या ह्वात्तै बढेको हो ।

सरकारी घोषणापछि आइतबार दिउँसोसम्म झण्डै ८ लाख भन्दा धेरै मानिसले काठमाडौँ छाडेका छन् । शनिबारसम्म ७ लाख भन्दा धेरै मानिसले उपत्यका छोडेका थिए । स्कुल कलेज लगायत अत्यावश्यक बाहेकका कार्यालयहरु चैत मसान्तसम्म बन्द गर्ने सरकारी निर्णयपछि गृहक्षेत्र फर्कनेहरुको संख्या व्यापक रुपमा बढेको हो ।

आइतबार बिहान मात्रै झण्डै एक लाख २८ हजार व्यक्ति काठमाडौँबाट बाहिरिएको प्रहरीले जनाएको छ। सार्वजनिक सवारीमा रोक लगाउने सरकारी घोषणापछि आइतबार साँझसम्म काठमाडौँ छाड्नेको संख्या ९ लाख हाराहारी पुग्ने अनुमान गरिएको छ ।

शनिबार मात्रै उपत्यकाबाट २ लाख ६ हजार ३ सय ३९ जना बाहिरिएको ट्राफिक प्रहरीको तथ्यांक छ। प्रहरीको तथ्यांक अनुसार चैत १ गते ७१ हजार ५ सय ५६ जनाले काठमाडौँ छोडेका छन् ।

२ गते ८६ हजार ३२७ जना, ३ गते ८८ हजार २ सय १ जना, ४ गते ९१ हजार ८१६ जना, ५ गते ९५ हजार २४७, ६ गते १ लाख ८ हजार ४५८ जना र ७ गते १ लाख ३० हजार ८२२ जनाले काठमाडौँ छोडेका छन् । काठमाडौँ छोडेर बाहिर जानेको संख्या बिहीबार र शुक्रबार एक लाख भन्दा बढी छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार