नेपालमा पनि १ जनामा कोरोनाको संक्रमण भेटियो !

Facebook Debugger

वीरगन्ज । नेपालमा पनि कोरोना भाइसर संक्रमित १ व्यत्ति भेटिएको छ । पर्साको वीरगञ्जमा १ जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको हो ।

बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको डाक्टरले बताएका छन् । बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो । ६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाए पछि उनलाई गण्डक अस्पताल लगिएको थियो ।

यता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन । नेपाल टाइम्सबाट 

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार