सम्पर्क समितिद्धारा फाक्दिङमा माक्स वितरण

सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ३ को फाक्दिङ, सानो गुमेला र ठूलो गुमेलामा २ हजार २ सय ५० वटा माक्स वितरण गरिएको छ ।

नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका कोषाध्यक्ष नविन कार्कीले नयाँ भेरियन्ट सहितको कोरोना भाइरसबाट बच्नको लागि माक्स वितरण गरिएको बताएका छन् । ‘यस्तो विषम परिस्थितिमा हामीले सक्ने केहि सहयोग गरेका हौं ।’ कोषाध्यक्ष कार्कीले भने, ‘यसरीनै हामी सबैले आफूले सकेको सहयोग गर्ने हो भने जस्तोसुकै परिस्थितिको सामना गर्न सबैलाई सहज हुनेछ ।’

सम्पर्क समितिका पदाधिकारीले सोलुखुम्बु स्थायी घर भई उपत्यकाका विभिन्न क्षेत्रमा अस्थायी रुपमा बसोबास गरिरहेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरिरहेका छन् । दोस्रो लहरको कोरोना कहरमा २ सय ५० भन्दा बढि घरपरिवारलाई सम्पर्क समितिका पदाधिकारीले राहत वितरण गरिसकेका छन् ।

अझै छुटेका र अति समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरिने पनि कोषाध्यक्ष कार्कीले बताए । यसअघिको लकडाउनमा सम्पर्क समितिले काठमाडौं उपत्यकामा मात्रै १ हजार ३ सयभन्दा अति समस्यामा परेका श्रमिक र विद्यार्थीहरुलाई राहत वितरण गरको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार