प्रधानमन्त्रीको उद्घोषः ‘सन् २०२१ भित्रै सबै नागरिकलाई खोप लगाइन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्रै सबैलाई नागरिकलाई खोप लगाइने बताएका छन् ।

नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको समेत बताएका हुन् ।
भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गरेका ओलीले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने बताए ।

यस अगाडि प्रधानमन्त्रीले आफूले घोषणा गरेको मंसिरको निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार