स्वास्थ्यमन्त्री ढकालले भने, ‘कोरोना संक्रमित भेटिँदा आतंकित नहुनुस, सतर्कता अपनाउनुस’ [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया विद्यार्थीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

शंकास्पद करिब ६ सय जनामा परीक्षण गर्दा एक जनाको रिर्पोट ‘पोजेटिभ’ देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार जानकारी दिए ।

नेपालमा कोरोनाको संक्रमण देखिएको यो दोस्रो पटक हो । यसअघि चीनबाट फर्केका विद्यार्थीमा कोरोनाको संक्रमण देखिएको थियो । उनी निको भइसकेका छन् ।

चिकित्सकहरू भने संक्रमण देखिए पनि आत्तिनुपर्ने कारण नभएको बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘विश्वभरि फैलिएको कोरोना माहामारीको संक्रमण हामी देखिनु अस्वाभाविक होइन तर देखियो भन्दैमा अत्तालिनुपर्ने कारण भने छैन ।’ एक जनामा देखियो भन्दैमा सारा नेपालीहरू आतंक हुन नहुने उनको सुझाव छ ।

जनस्वाथ्य वैज्ञानिक डा. समीरमणि दीक्षित आफैंलाई लागे पनि हतास हुन नहुने बताउँछन् । उनी भन्छन्, ‘कोरोना लागिहाल्यो भने पनि मृत्यु हुने होइन, बरु आत्मबल दह्रो बनाउनुपर्दछ ।’ विश्वका प्रायः सबै देशमा पुगिसकेको कोरोनाको संक्रमण देखिए पनि नआत्तिएर बच्ने उपाय खोज्नुपर्ने उनको भनाइ छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार