गौतमसागरको ‘परदेशीको याद’ मर्मस्पर्शी गीत सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार गौतमसागर राईको ‘परदेशीको याद’ बोलको मर्मस्पर्शी गीत सार्वजनिक भएको छ ।

गायक राईको आफ्नै युट्युब च्यानल गौतमसागर राईबाट मर्मस्पर्शी आधुनिक गीत सार्वजनिक गरिएको हो । जीवन जीउने क्रममा अनेक बाध्यताले विदेशीएका लाखौं नेपालीहरुको प्रतिनिधित्व गर्दै प्रियसीले परदेशीएका आफन्तलाई सम्झेको क्षणको परिकल्पना शब्द र संगीत मार्फत गायक राईले मार्किक रुपमा उठाएका छन् ।

गीतलाई द भ्वाईस अफ नेपालको सिजन ३ को नकआउटबाट बाहिरिएको सुरक्षा सेञ्चुरीले गाएकी छन् । शब्द, संगीत गायक राई आफैले गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार