‘सरकार चरम भ्रष्टचारमा’ : रामकुमार शर्मा, नेता माओवादी

42 Shares

काठमाडौंकम्युनिष्ट विचार र सिद्धान्त लिएर विद्यार्थी जिवनकाल देखि राजनीति क्षेत्रमा होमिएका रामकुमार शर्मा,२.न.प्रदेश,महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ७.न.वडा निवासी हुन । राजनीति क्षेत्र उतार चढाव,सत्ता प्राप्तीका लागि सशस्त्र संघर्ष र विद«ोहका वारेमा लामो अनुभव बटुलेका रामकुमार शर्मा,देशमा सशस्त्र दस वर्षे जनयुद्ध र वि.स २०६२-०६३ को १९ दिने जनआन्दोलन पश्चात,नेपालमा जनआकांक्षा अनुरुपको संविधान निर्माणका लागि देशको ऐतिहासिक पहिलो संविधानसभा निर्वाचन वि.स.२०६४ मा,महोत्तरी जिल्ला क्षेत्र.न.४,बाट निर्वाचित भएका नि–वर्तमान संविधानसभा सदस्य हुन् । राजनीतिज्ञ शर्मा वर्तमान माओवादी केन्द« पार्टी,केन्द«ीय सदस्य समेत हुन् । देशमा असल शासन सु–व्यवस्था र भ्रष्टचार मुक्त समाज निर्माण गर्नुपर्छ साथै देशलाई वैज्ञानिक समाजवाद तर्फ अगाडि बढाउनुपर्छ भन्ने विचार र सिद्धान्त भएका व्यक्तित्व रामकुमार शर्मा वर्तमान देशको शासन सत्ता सञ्चालकले देश र जनताका लागि होइन,आफ्नो व्यक्तिगत स्वार्थ र कुर्सी जोगाउने कुन्थित सोचले गर्दा जनताको सार्वभौमसत्ता पुन–संकट आइपर्ने आकलन गर्छन् । राजनीतिज्ञ शर्मासँग सगरमाथा अनलाइन डटकमले गरेको समसायमिक कुराकानीका सम्पादित अंश…

तपाई राजनीति क्षेत्रमा कहिले र त्यो पनि कम्यूनिष्ट सिद्धान्त लिएर कहिले देखि लाग्नु भयो ?

म,वन विज्ञान फरेष्ट्री पढ्दै गर्दा वि.स २०४५-०४७ साल तिर संस्थागत रुपमा पार्टीमा,त्यहीबाट प्रवेश गरेको हुँ र मेरो बाल्यकाल देखि कम्युनिष्ट पार्टी प्रति प्रभावित भएको हुँ । म सानो हुँदा मेरो गाउँमा कम्युनिष्ट वातावरण थियो । मेरो दाई पर्ने सितानन्द जी हुन्थ्यो । उहाँपछि मन्त्री पनि हुनु भयो । महोत्तरी जिल्लामा कम्युनिष्ट पार्टी फलाउने फुलाउने बढाउने केन्द« जस्तै थियो र देशका ठूलो नेताहरु हम्रो गाउँमा,आउँने जाने गर्नु हुन्थ्यो । मैले बाल्यकाल देखि नै कम्युनिष्ट विचार र सिद्धान्त बुज्ने अवसर पाएँ र त्यही कारणले म कम्युनिष्ट पार्टीमा लागेको हुँ । त्यसबेला तराईमा अन्य पार्टी पनि आउने क्रम जारी थियो । तैपनि कम्युनिष्ट पार्टीमा लाग्नुमा मुल कुरा तीन,चारवटा विषयलाई लिएर,नेपालको राजनीतिलाई केन्द«मा राखेर,सोच्दा कम्युनिष्टले नै देशको हित गर्छ भन्ने लागेको हो । त्यति बेलामा वि.पि.कोइराला,मातृका कोइराला काङग्रेसका ठूलो नेता हुनुहुन्थ्यो । काङग्रेसहरुले विगतमा राष्ट्रियतासँग खेलवाड ग¥यो । हाम्रो देशको खोलानालाहरु देशको हितमा नसोच्ने सत्ता जोगाउन विदेशीहरुसँग मिलेर प्रयोग गर्न दिने,यस्तो प्रवृतिले गर्दा काङग्रेस र पञ्चहरु राष्ट्रवादी हुँदैनन् भन्ने हाम्रो मनमष्तिष्कमा त्यस्तो छाप प¥यो । त्यसकारण म कम्युनिष्ट भएको हुँ । कम्युनिष्टहरु राष्ट्रवादी हुन्छन् र यो देशका लागि विदेशीसामु झुक्दैन । राष्ट्रियता वारेमा राम्रो छवि कम्युनिष्टमा हुन्छ भन्ने,बुझेर कम्युनिष्ट पार्टीमा लागेको हुँ । दोस्रो कुरा हाम्रो देश किसान, गरिब,मजदुर,सर्वहारा वर्गको देश हो । यहाँ कम्युनिष्टहरुले क्रान्तिकारी भूमिसुधारको कुरा गरेको हुन्थ्यो । त्यसैकारणले यस्ता गरिबहरुको हित र भलाइका लागि र यो गाउँ नै गाउँले भरिएको देश पनि हो । देशमा कृषि क्रान्ति गर्नुपर्छ । किसान,मजदुरका लागि लड्नुपर्छ । पछाडी परेका समुदाय र वर्गका निम्ति परिवर्तन देशमा आवश्यक छ । प्रगतिशील भनेको कम्युनिष्ट नै थियो परिवर्तन ल्याउन । तेस्रो कुरा हो भ्रष्टचार विरुद्ध । भ्रष्टचार देशको ठूलो समस्य हो । भ्रष्टचार विरुद्धमा आवाज उठाउने कम्युनिष्ट पार्टी नै हो । सुशासनका र राष्ट्रियताको दृष्ट्रिले र देशमा किसान,मजदुर वा पिछडा वर्ग र समुदायका निम्ति कम्युनिष्ट पार्टीले नै आवाज उठाउँछ र परिवर्तन ल्याउन सक्छ भन्ने सोच विचारले कम्युनिष्ट पार्टीमा लागेको हुँ । ।

तपाई कम्युनिजम विचार र सिद्धान्त प्रति कसरी प्रभावित हुनु भो ?

हाम्रो गाउँ समाज सुरु देखि नै कम्युनिष्ट कै प्रभावमा थियो र हाम्रा अग्रजहरु कम्युनिष्ट पार्टीकै राजनीति गरिरहनु भएका थिए । एउटा त्यो नै हो र दोस्रो नेपालको राजनीतिमा विभिन्न एजेण्डहरु थियो कि देशमा लोकतन्त्र थिएन । पञ्चायती राजतन्त्र निरङकुश शासन व्यवस्था थियो । यसबाट मुक्तीका लागि भन्नुहोस् । देशको राष्ट्रियताको कुरा छ । हाम्रो देश नेपाल सधै बाहिरी हस्तक्षेपमा परि रहने यार्थाथ हो । मुक्तीको लागि,हामी स्वतन्त्रत भएर,सार्वभौम भएर,एउटा देश भक्तभएर बाँच्नका लागि पनि कम्युनिष्ट पार्टीको सिद्धान्त र विचार उचित छ । र नेपालमाथि सधै बाहिरी हस्तक्षेप भइरहने र त्यसैले हामीलाई सिकाएको प्रभाव हो । हाम्रो समाजमा,सामाजिक भेदभाव छ जसलाई भेदभाव मुक्त समाज वा आवाज उठाउने भने कै कम्युनिष्ट हो । त्यसैले म कम्युनिष्ट पार्टीमा प्रभावित भएको हुँ । यी मुल तीन चारवटा कुरा जस्तै राष्ट्रियताको दृष्ट्रिले,सु–शासनको दृष्ट्रिले,परिवर्तनको दृष्ट्रिले,र किसान,मजदुरहरुको अधिकारका लागि लड्ने भने कै कम्युनिष्ट पार्टी हो । यसरी नै राजनीतिक विचारमा,परिवेशमा देशको स्थितिले गर्दा हामीलाई त्यहाँ पु¥याएको हो म भन्छु ।

तपाईको राजनीति सुरुवाती दिन देखि तपाईले बुभ्mनु भएको कम्युनिजम र वर्तमान नेपाल कम्युनिष्ट पार्टीको सरकार के वास्तविक सिद्धान्त अनुरुप सरकारले सत्ता सञ्चालन गरेकोे छ ?

हामी कम्युनिष्ट पार्टीमा लाग्दा जुन विचार,जुन बुझाई लिएर आएका थियौं । जसरी हामीले पार्टी बनायौं । लामो समय करिब अधै तीन दशक पार्टी राजनीतिमा काम ग¥यौं । कम्युनिष्ट पार्टीमा पनि विभिन्न विद«ोह गर्दै माओवादी पार्टीमा आएको हो । माओवादी पार्टीभित्र बसेर जनयुद्ध ग¥यौं । अनि नेपालको राजनीतिमा अन्य कम्युनिष्ट पार्टी भन्दा माओवादी पार्टी सशक्त क्राान्तिकारी भई,पार्टीले नयाँ एजेण्डाहरु,जस्तै नेपालमा जातीय पहिचान सहितको राज्य,आत्मनिर्णयको अधिकार,सु–शासन जस्ता नयाँ मुद्धाहरुको उत्थान गरेको थियो । भ्रष्टचारको विरुद्धमा ठूलो आन्दोलन नै चलेको थियो र त्यो आन्दोलनका बेला र अहिले सरकारमा बसेका बेला हामी तुलना गर्छौं । यो आकाश र पाटलको फरक छ । हामीले बुझेर पार्टीमा लागेका विचार,राजनीति र सिद्धान्त भन्दा सरकारमा आएर ती विचार र सिद्धान्तलाई कुशलतापूर्वक जो कार्यान्वयन गर्नुपथ्र्यो । आम जनताको भावना जित्नु पथ्र्यो । त्यसको ठाउँमा के भयो । हामी कम्युनिष्ट भ्रष्टचार गर्दैनौं,भनेर आयौं तर के पी ओली सरकारमा भ्रष्टचार चरम सीमा पुगेको छ । भ्रष्टचारीको संरक्षक प्रधानमन्त्री स्वयम् बन्नु भएको छ । उहाँका मन्त्रीहरु अहिले कोरोनाको महामारीले देश तहस नहस छ । यस्तो अवस्थामा पनि स्वास्थ्य सामग्री,त्यस्तै सञ्चार क्षेत्रमा करोडौंको भ्रष्टचार भएको छ । निवर्तमान,रक्षा मन्त्री ईश्वर पोख्रेललाई ठूलो भ्रष्टचार आरोप लागेको छ । कम्युनिष्ट पार्टीले भ्रष्टचार गर्दैन भन्ने बुझाई आम नागरिकमा थियो । तर त्यसको ठिक विपरित भएको छ । के पी ओली जीको सरकार ले त्यो तोडेको छ । वर्तमान सरकारकामा चरम भ्रष्टचार चक्रव्यूहमा फसेको छ ।

वर्तमान सरकार,राष्ट्रीयताको सवालमा कम्युनिष्ट पार्टी राष्ट्रवादी हुन्छ,देशभक्ति हुन्छन् । विदेशीसँग आफ्नो देशको स्वाधिनता,स्वतन्त्रता,सार्वभौमिक्ताको लागि लडाई गर्छ । अहिले हेर्दा के देखिन्छ भने कहि न कहि,वर्तमान सरकार नै विदेशीले चलाएको जस्तो छ । त्यसको उदाहरण अहिलकोे सरकारमा सहभागी पार्टीलाई हेरौं । विशेष गरी,मधेश आन्दोलन चलेको बेलामा के.पी ओली जीले आफू राष्ट्रवादी देखाउन कत्रो ठूलो प्रयास गर्नुभएको थियो । भारतको विरोड गर्ने,तराई मधेशको अधिकारलाई दमन गरेर आफू लोक प्रिय बन्ने । मधेशीको अधिकारलाई दमन र भारतको विरोध गरेर उहाँले ठूलो राष्ट्रवादी व्यक्तित्व हुनु खोज्नु भएको थियो । त्यति बेला राजेन्द« जी,ओ ली जीको घोर विरोध गर्नुभएको थियो । अहिले ओली जी र उहाँको साँध गाँठ,त्यो पनि पार्टी तोडेर भएको छ । जनता समाजवादी जस्तो भएपनि एउटा सक्तिशाली पार्टीको रुपमा स्थापित भएको थियो । दुई पार्टी एक ठाउँमा भएको भए । उहाँले चाहिको व्यक्तिलाई देशको प्रधानमन्त्री बनाउन सक्नु हुन्थ्यो । उहाँ आफै पनि प्रधानमन्त्री बन्न सक्नु हुन्थ्यो । यो सत्य र यार्थाथलाई छोडेर । ओ ली जीसँग सहकार्य भएको छ । ओ ली जी पनि उहाँहरुसँग सहकार्य गर्नुभएको छ । यो जुन गठबन्धन देख्नु भएको छ । जसको पछाडी कमल थापा आउने कुरा छ । जो संविधानको विरोधी शक्तिहरु थियो । जो सङघीयताको विरोधीहरु थियो । परिवर्तनको विरोधी शक्तिहरु थियो । उहाँहरु एक ठाउँमा आउने र अन्य पार्टीहरु अर्को ठाउँमा जाने । यो दृष्ट्रिले पनि राष्ट्रियताको वारेमा उहाँमाथि ठूलो प्रश्न उठेको छ । उहाँको एउटा ठूलो छवि बनेको थियो । के पी ओली जी राष्ट्रवादी हुनु हुन्छ । विदेशी हस्तक्षेप स्वीकार्नुु हुन्न । त्यो कुरा पनि उहाँ तीन वर्ष सरकारमा बस्दा जुन गतिविधि गर्नुभयो । विदेशी गुप्तचर प्रमुखसँग आफ्नै निवासमा बोलाएर छलफल गर्ने इतिहासकै पहिलो प्रधानमन्त्री उहाँ नै बन्नुभएको छ । त्यसपछि अहिलेको सरकार बनेको छ । त्यसमा हेर्नुहोस् यो सरकार तिकाउन के कस्ता प्रवृति गर्नुभएको छ । सुरक्षा र पराष्ट्र मन्त्रालयको जिम्मेवार सम्हाल्न दिनुभएको छ । जो सँग एक रति सुरक्षा र पराष्ट्रमामला वारेमा ज्ञान छैन । जो व्यक्तिालाई च्रष्टचारी भनेर मन्त्रालयबाट निकालिएको थियो । त्यही व्यक्तिलाई प्रमोसन गरेर उप–प्रधानमन्त्री जिम्मेवारी दिइएको छ । यस्तो प्रवृतिले के देखिन्छ भने अहिले नेपालमा विदेशीले स्थिरता चाहेको छैन । देशको संविधानमा जसलाई सहमति छैन । त्यहि चंगुलमा प्रधान्मन्त्री के पी ओली फस्नुभएको छ । कहि न कहि,नेपाल देश, हाम्रो प्रधानमन्त्रीबाट होइन कि,विदेशीले चलाएको जस्तो देखिन्छ । राष्ट्रियताको दृष्ट्रिले पनि अहिलको सरकार एकदम चक्रव्यूहमा फसेको छ । गोलचक्रमा फसेको छ । सारा नेपाली जनतालाई चिन्ता छ । त्यसको ठूलो प्रमाण पाँचजना पूर्व–प्रधानमन्त्रीहरुले संयुक्त रुपमा जारी गरेको आह्वन,हाम्रो देश नेपालीको हातमा छैन । यो व्यवस्था संकटमा पर्दै छ । हामी सारा नेपालीलाई भन्न चाहन्छौं भनेर आह्वन गर्छौं भन्नु । यो नै ठूलो ऐतिहासिक घटना हो । यी वर्तमान सम्पूर्ण घटनालाई हेर्दा,ओ लीको सरकार,न सुशासन पक्षमा देखिन्छ । न राष्ट्रियताको पक्षमा देखिन्छ । न विकास र समृद्धको पक्षमा देखिन्छ । त्यसकारणले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको छ । विदेशीहरुको इशाराबाट कहि न कहि निर्देशित वा सञ्चालित जस्तो देखिन्छ । यस प्रकारको प्रवृतिले गर्दा धेरै जनताले भन्न थालेका छन् कि । देशमा यस्तो गणतन्त्र भन्दा त पहिलाको राजतन्त्र व्यवस्था नै ठिक भन्ने छलफल आम जनतामा चल्न थालेको छ । यस्तो भन्नु र हुनु भनेको हाम्रो लोकतन्त्र र देशको लागि ठूलो दुर्भाग्य र संकटमा पर्नु हो ।

वर्तमान सरकार प्रधानमन्त्री के पी ओली को,यो प्रवृति उहाँको व्यक्तिगत स्वार्थमा गर्नुभएको हो कि ? विदेशीको निर्देशनमा,तपाईको दृष्ट्रिकोणमा के लाग्छ ।

कुनै पनि चिजको प्रमुख तत्व हुन्छ । त्यो आन्तरिक नै हुन्छ । सुरुमा प्रधानमन्त्री के पी ओली जी आफू सफल देखाउन वा शक्ति लिन,उहाँले एक प्रकारले नौटङ्की गर्नुभयो । उहाँ ठूलो राष्ट्रवादीको नाममा देखाउनुभयो । म ठूलो विकास प्रेमी छु भन्ने देखाउनु भो । त्यसरी नै एउटा बाम गठबन्धन पनि बनेको हो । एउटा संयुक्त घोषण–पत्र पनि जारि भयो । नेपाली जनतालाई लाग्यो कि,दुई विशाल कम्युनिष्ट पार्टी,बाम गठबन्धन एक भएको छ । उहाँले छवि पनि राष्ट्रवादी हो भन्ने बनाई सक्नुभएको थियो । त्यसकारण उहाँलाई दुई तिहाई मतले जिताइयो । जितिसकेपछि,माओवादी र उहाँहरु बीचमा चुनाममा संयुक्त मोर्चा थियो । तत्पश्चात प्रचण्ड जी ले के गर्नुभयो कि । एउटा सहमति गरेर सरकार बनाउने निर्णय गर्नुभयो । त्यसबेला सरकार बनाउने निर्णय भयो । प्रचण्ड जीले इमान्दारी पूर्वक कम्युनिष्टहरुको एकता गर्दा देशलाई भलाई हुन्छ । राष्ट्रियताको भलाई हुन्छ । वैदेशिक हस्तक्षेप कम हुन्छ । देशमा एउटा बलियो सरकार हुन्छ,भन्ने सोच्नुभयो । आर्थिक विकास र समृद्ध पनि तीब्र गतिले बढ्छ । भ्रष्टचार पनि कम हुन्छ भन्ने सोच्नुभयो तर के पी ओली जीले कसरी सोच्नुभयो कि । यसो गर्दा सत्तामा रहन सकिन्छ र कुर्सीमा बस्न पाइन्छ । सत्ताका लागि मात्र सोच्नुभयो । सहमति अनुसार दुई वर्ष सरकार चलाउनु पर्ने सहमति पुग्नै लाग्यो । उहाँले सोच्नुभयो कि,अब सरकार प्रचण्डको नेतृत्वमा जान्छ भन्ने सङ्का लाग्यो । त्यसपछि उहाँले षड्यन्त्र र नाटक रच्न थाल्नुभयो । तर प्रचण्ड जी के भन्नुभयो कि,यो देशको इतिहासमा एकपटक पनि पाँच वर्ष सरकार चलेको छैन । म त्याग नै गरौंला । तपाईले सरकार चलाउनुहोस् । तर राम्रो ढङ्गले सरकार चल्नुप¥यो । सरकारले सु–शासनको अनुभूति दिलाउनु सक्नुप¥यो । देशमा विकास तीब्र गतिले अगाडि बढाउनुप¥यो । देशमा बेरोगारी चरम सीमामा छ । यसको व्यवस्थापन र रोजगारीको सिर्जना गर्नुप¥यो । मुल कुरा कम्युनिष्टहरु समाजवाद उन्मूख दिशामा जान्छौं तर त्यस्ता केही भएन र देखिएन । भयो के दलाल पूँजीपतिको घेरामा ओली जी फस्नुभयो । दलाल पूँजीपतिको सीमित घेरामा फस्नुभयो । र समाजवादी नीतिबाट अलग हुनुभयो । र पार्टीमा विवाद सुरु भयो । त्यसपछि उहाँको कुर्सी हल्लिन थाल्यो । उहाँको सत्ता हल्लियो । त्यसपछि उहाँले के सोच्नुभयो कि,म भए कुर्सी हुन्छ । म हुँ दिन कुर्सी नै भाँचि दिन्छु भन्ने सोचमा लाग्नुभयो । म रहेमा संविधान रहन्छ । म रहन्छु मुलुक रहन्छ । नभए केही रहने छैन भन्ने सोच विचारले अगाडि बढ्न थाल्नुभयो । उहाँलाई सरकारमा रहन नदिएको खण्डमा,देशको संविधान,मुलुक सम्र्पूणलाई संकटमा पु¥याई दिन्छु भनेपछि यो नेपालको इतिहासमा पहिलो घटना हो । जङ्गबहादुरको निरङकुशता पनि हामीले सुनेको हो तर जङ्गबहादुरले कमसे कम निरङकुशता शासन गरेता पनि देश,जनता र राष्ट्रियतालाई केन्द«मा राखेर ग¥यो । जङ्गबहादुर त भारतमा गई,लडेर थोरै मुलुक नेपालको भू–भाग त फर्काएर ल्याएको थियो । तर के पी ओली जी को क्रियाकलाप के देखिन्छ कि,उहाँलाई कुर्सीबाट हताउने कुरा गर्ने बित्तिकै देश र व्यवस्थालाई नै संकटमा पार्ने,संविधान मान्दैन नमान्ने जस्ता प्रवृतिले गर्दा देश ठूलो चक्रव्यूहमा फसेको छ । यस्तो अवस्थालाई प्रयोग गर्नेमा विदेशी शक्तिहरु जो पुरानो शक्ति,पुरातन शक्तिहरु सक्रिया भएका छन् । अहिले के देखिन्छ कि । एकातिर अग्रगामी अर्को तर्फ प्रतिगामी शक्ति छ । एकपक्ष देशभक्त,देश प्रेमी,अर्को पक्ष वैदेशिक हस्तक्षेपको विरोध गर्ने छन् । अर्को पक्ष भने कुर्सी र सक्ता जोगाउन जुनसकै कार्य गर्न तयार हुने पक्ष खडा भएकाले देशको राजनीति दुई धारमा ध्रुवीकरण भएको अवस्था छ । वर्तमान कोरोना महामारी र सरकारको क्रियाकलापले गर्दा,देश ठूलो संकटमा फसेको छ ।सरकारको यस्ता तमाम गतिविधिले गर्दा देश संकटमा फस्दै छ । वर्तमान सरकारको क्रियाकलाप प्रति घर–घरमा बिद«ोह छ तर महामारीले गर्दा,जनता घरबाहिर निस्कन सक्ने अवस्था छैनन् । नागरिकको लागि काल भएको छ तर सत्ताधारीले यसको फाइदा लिएर देशलाई ठूलो संकटमा लाँदै छ । आम नेपाली जनता यसप्रति सतर्क हुनु पर्ने बेला आएको छ । आवश्यक परेमा जनातको अधिकार र संविधान रक्षाका लागि फेरि नेपाली जनाता सशक्त आन्दोलनमा उत्रिनुपर्छ ।

लोकतन्त्र रक्षाका लागि नेपाली जनता फेरि आन्दोलनमा उत्रिनुपर्ने कारण के हो ? नेताहरुको गल्ति हो कि, विदेशीको चलखेल हो । तपाईको दृष्ट्रिकोण्मा के लाग्छ ?

ओली जी ले स्व इच्छाचारी प्रकारले शासन गर्नुभएको छ । ओली जी जति कसैले सहज रुपमा सरकार चलाउन पाएको छैन । यो दुई तिहाइ नजिकको सरकार त कम्युनिष्ट पार्टीको कै थियो । त्यसमा पनि सङघीय समाजवादी पार्टी उपेन्द« यादव आएपछि त,निर्धक्क साथ पाँच वर्ष सरकार चलाउनु ठाउँमा बस्नुभएको ओ जी ले,यो देशलाई जुन भर्खालोमा फालिदिनु भो । अँध्यारो सुरुङ्ग तिर लाँदै हुनुहुन्छ । उहाँको नेतृत्वको सरकारले जसरी विकास र समृद्ध बैंक जस्तो बनाउनुभयो । त्यसकारण जनता निराश भएका छन् । कोरोना महामारीले नेपाली जनता पीडित भएका बेला जनतालाई राहत उपलब्ध गराउने र जीवन रक्षा तर्फ सरकारको ध्यान छैन । जारी बजेटमा हेरौं भने ढुँङ्गा गिटी,बालुवा व्यापार घाटा उकास्न विदेशमा बिक्री गर्ने भन्ने सरकारको सोच छ । यस्तो निर्णयले प्राकृतिक स्रोतको दोहन र देशको प्राकृतिक स्रोतहरु सिध्याउने कार्य भएको छ ।

चुरेक्षेत्रको ढुँङ्गा गिटी बालुवा उत्खनन गरि निर्यात गर्न अध्यादेश जारी गरिएको छ । यसमा तपाईको धारणा के छ ?

वर्तमान सरकारले ठूलो राष्ट्रघाटी कार्य गरेको छ । चुरेक्षेत्रबाट ढुँङ्गा गिटी,पहिला देखि नै चोरी निकासी तस्करी रहेको छ । त्यसको संरक्षण गर्नुपर्ने हो । त्यसको ठाउँमा व्यापार घाताको नाममा विदेशी निकासी गर्ने जुन कुरा छ । त्यो राष्ट्रघाती काम भएको छ । यो कार्य आम नेपालको राजनीतिक पार्टी र जनता सशक्त विरोधमा उत्रने छ ।

वि.स.२०४६ सालपछि नेपालको साना र ठूला जुनसुकै पार्टीले सरकार चलाउदा वा सत्तामा रहँदा विदेशीको चलखेलमा नै सरकार चल्ने गर्छ भन्ने आक्षेप लाग्ने गरेको छ र वैदेशिक मामला जानकारले पनि त्यही विश्लेषण गर्नुहुन्छ । यसमा तपाई के भन्नु हुन्छ ?

हाम्रो जस्तो म्ुलुकमा वैदेशिक हस्तक्षेप प्रभाव हुँदै भन्न सकिन्दैन । हामी पूर्ण रुपमा मुक्त छौं भन्न सकिन्दैन । तर हामीले वैदेशिक हस्तक्षेपलाई कसरी कम गर्ने र रोक्ने,कसरी न्यूनिकरण गर्ने । हाम्रो देश हितमा कसरी प्रयोग गर्ने । यो कुरा हाम्रो देशको शासकले,नेतृत्वले इमान्दारीपूर्वक यसलाई आत्मसाथ ग¥यो भने,हाम्रो देश वैदेशिक हस्तक्षेपबाट बच्छ । हामी छिमेकी राष्ट्रहरुसँग एउटा मित्रवत सम्बन्ध विस्तार गर्दै,देशलाई विकासको दिशातर्फ लैजान सक्छौं । तर हामी आफ्नो कुर्सीको लागि विदेशीको सहयोग खोज्नतर्फ लाग्छौं । अनि स्वत वैदेशिक हस्तक्षेप अवश्य बढ्छ । त्यसकारण भू–सामरिक महत्वपूर्ण ठाउँमा हाम्रो देश छ । हाम्रो विशाल दुई छिमेकी राष्ट्रहरुसाथै अमेरिका र युरोपियन शक्ति राष्ट्रहरुको पनि जुन प्रकारको नजर छ । यस्तो भू–रणनीतिक महत्व भएको हाम्रो देशलाई वैदेशिक हस्तक्षेपबाट जोगाउन । राष्ट्रिय सहमति अनुसार चल्नुपर्छ । यसलाई पार्टीको विषय बनाउनु हुँदैन । जो हाम्रोमा त्यो भएको छैन,एउटा ठूलो अपठेरो त्यही छ । उदाहरण हाम्रो छिमेकी भारतमै आपसमा अन्र्तरविरोध झै झगडा द्धान्द्ध भएपनि जब देशको सवाल आउँछ तब सबै पार्टी एक हुन्छन् । हाम्रो देशमा पनि के छ कि, हाम्रो छिमेकी देश चीन र भारत दुवैसँग असल छिमेकीको रुपमा व्यवहार गर्नुपर्छ । कसैतिर बढी धल्किने होइन । आन्तरिक विवाद खडा हुन्छ । कसैसँग नजिक हुने र कसैसँग टाढा हुने होइन । दुवै छिमेकी देशसँग समान रुपमा सम्बन्ध राख्नु । तर यहाँ के देखिन्छ कि,विशेष गरि भारतको सन्दर्भमा । या त उसको दुस्मन या दलाल बनेर आउँने । यसको उदाहरण हो । जहिले मधेश आन्दोलन चलेको थियो त्यति बेला के पी ओली जी भारतको ठूलो विरोध गर्नुभयो । आफू ठूलो क्रान्तिकारी राष्ट्रवादी भएर देखाउनुभयो । अहिले उहाँको कुर्सी संकटमा प¥यो । उहाँले आफैले जारी गरेको घोषणा अनुसार केही काम गर्नुभएन । उहाँ दलाल पूँजिपतिको घेरामा फस्नुभयो । उसले त लुट्ने हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार