कोरोना संक्रमित १ लाखभन्दा बढि निको भएर घर फर्किए !

Facebook Debugger

काठमाडौं । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना (कोभि–(१९) भाइरसबाट संक्रमित मध्ये १ लाख ६ सय ५८ जना निको भएर घर फर्किएका छन् । २ लाख ४३ हजार ९ सय ९९ जनामा भने यसको संक्रमण अझै बाँकी छ । उनीहरू मध्ये गम्भीर बिरामीको संख्या भने ११ हजार ६ सय ४९ जना छन् ।

१ सय ९३ देशमा पुगेको कोरोनाका कारण सोमबार साँझसम्म १५ हजार ४ सय ३९ जनाको ज्यान गएको छ ।

नेपालमा पनि दोस्रो व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीय विद्यार्थीमा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार जानकारी दिए । यसअघि भेटिएका संक्रमित भने निको भएर घर फर्कीसकेका छन् ।

दक्षिण एसियामा सबैभन्दा बढी पाकिस्तानमा ८ सय ५४ संक्रमित फेला परेका छन् । त्यहाँ ६ जनाको ज्यान गएको छ । १३ जना निको भएर घर फर्किएका छन् । नयाँ संक्रमित ९७ जनामा देखिएको छ ।

भारतमा ४ सय ६७, श्रीलंकामा ९२, अफगानिस्तानमा ४०, बंगलादेशमा ३३, माल्दिभ्समा १३ र भुटानमा २ जनामा संक्रमण देखिएको छ । भारतमा ८, बंगलादेशमा ३ र अफगानिस्तानमा १ जनाको मृत्यु भएको छ ।

सुरुमा कोरोना भेटिएको चीन भने नियन्त्रणतर्फ गएको देखिन्छ । त्यहाँ ८१ हजार ९३ जनामा कोरोना देखिएको थियो । त्यसमध्ये जम्मा ५ हजार १२० जनामा कोरोनाको संक्रमण बाँकी छ ।
चीनमा ३ हजार २७० जनाको ज्यान गएको छ भने ७२ हजार भन्दा बढी निको भएर घर फर्कीसकेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार