भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो, ५ सयमा संक्रमण !

Facebook Debugger

काठमाडौँ । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कारोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या १० पुगेको छ । संक्रमितको संख्या भने ५ सय जना पुगेको कोरोना बारे सम्पूर्ण जानकारी दिने वेभसाईट worldometers मा उल्लेख गरिएको हो ।

भारत सरकारले रेल, बससेवा, बजार सबै बन्द गरी लकडाउनको निर्देशन दिए पनि अवहेलना गर्नेहरुको संख्या पनि निक्कै ठूलो छ ।

महाराष्ट्र र केरलामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । महाराष्ट्रमा ९७ र केरलामा ९५ जना संक्रमित छन् । नेपालसँग सीमा जोडिएका पश्चिम बंगालमा ७, बिहारमा २, उत्तर प्रदेशमा ३३ र उत्तराखण्डमा ५ संक्रमित भेटिएका छन् ।

पछिल्लो समय दक्षिण एसियामा कोरोना तीब्र रुपमा फैलनसक्ने चेतावनी डब्लुएचओले दिइसकेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार