सपना मगरको आरोपः ‘प्रहरीले मेरो संवेदनशील अंगमा छोयो’ [भिडियोसहित]

917 Shares

काठमाडौं । सपना रोक्का मगरले पुरुष प्रहरीहरुले आफ्नो संवेदनशील अंग छोएको आरोप लगाएकी छन् । उनले आफूलाई प्रहरीहरुले कुटपिट गरेर बेहोस बनाएको पनि बताइन् ।

सोमबार काठमाडौंको अनामनगरमा हाम्रो टिम नेपाल नामक संस्थाले खाना पकाउन बनाएको टहरा हटाउने क्रममा प्रहरीको सपना रोका मगरसहितलाई पक्राउ गरेको थियो ।

पक्राउमा परेकी सपनाले साँझ रिहापछि आफूलाई प्रहरीले संवेदनशील अंगमा छोएको बताएकी हुन् । ‘महिला प्रहरी किन ? महिलाको सुरक्षाको लागि होइन ? तर महिला प्रहरी हुँदाहुँदै नगर प्रहरी र नेपाल प्रहरीले मेरो छातीमा छोए ।’ सपनाले भनिन्, ‘मलाई कुटपिट गरे । त्यसपछि म बेहोस पनि भएछु ।’

लकडाउनको समयमा आर्थिक अवस्था कमजोर भएर खानपिनमा समस्या भएकाहरुलाई दैनिक खाना उपलब्ध गराउन हाम्रो टिम नेपालले अनामनगरस्थित काठमाडौं महानगरपालिकाको नाममा रहेको खाली जग्गामा टहरा बनाएर खाना बनाउने र त्यहाँबाट विभिन्न ठाउँमा पुर्याउने काम गरिरहेको थियो ।

महानगरपालिकाले पटकपटक त्यहाँबाट हट्न निर्देशन दिँदा पनि अटेर गरिएपछि सुरक्षाकर्मीहरुले बल प्रयोग गरेर उनीहरुलाई पक्राउ गरेको हो ।

सपनाले फेसबुकबाट भनिन्, ‘व्यक्तिगत स्वार्थबाट माथि उठेर सडकका वेवारिसेका लागि काम गर्दा यस्तो इनाम मिल्छ भने म निशब्द छु ।’

बेवारिसे शव व्यवस्थापन गरेका कारण सपना रोका मगर पछिल्लो समय चर्चित बनेकी हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार