१० करोडको कोरोनो कोष बनायो प्रदेश १ सरकारले !

Facebook Debugger

विराटनगर । कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा नियन्त्रणका लागि प्रदेश एक सरकारले कोष स्थापनाको निर्णय गरेको छ ।

मंगलबार प्रदेश मन्त्रिपरिषद्को बैठकले १० करोड रुपैयाँको कोष खडा गर्ने निर्णय गरेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

बैठकपछि सुवेदीले ‘प्रदेश एक कोरोना जनसुरक्षा कोष’ खडा गर्दै कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रुपैयाँ जम्मा गरेको बताए ।

सुवेदीका अनुसार कोषमा मुख्यमन्त्री राईसहित प्रदेशका चार जनामन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।

त्यसैगरि मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फर्मेशन डेस्क स्थापना गर्ने जनाएको छ । डेस्कमा मन्त्रालयबाट एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना फोकल पर्सनको रुपमा राखिने बताइएको छ ।

त्यसैगरि प्रदेश एक प्रमुख सोमनाथ अधिकारी प्यासीले संघीय सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक महिनाको परिश्रमिक उपलब्ध गराउने घोषणा गरेको प्रदेश प्रमुखको निजी सचिवालयले जनाएको छ ।

यसअघि सोमबार विराटनगरका उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकका उपाध्यक्ष राजेन्द्र राउतले प्रदेश सरकारलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि ११ लाख रुपैयाँ सहयोग गरेका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार