कोरोना संक्रमित नेपाली युवतीको स्वास्थ्य अवस्था सामान्य !

Facebook Debugger

काठमाडौँ । आइतबार कोरोना भाइरसको संक्रमण देखिएकी १९ वर्षीया युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी युवतीमा आइतबार कोरोना भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिए लगत्तै उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

आइसोलेसनमा उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले बताए ।

उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ । उहाँलाई आइसोलेसनमा भर्ना गरेको आज ३ दिन भयो । अब ५ दिनमा दोस्रो परीक्षण गर्ने छौँ ।’

नेपालमा भाइरसको संक्रमण देखा परेको यो दोस्रो पटक हो । योभन्दा अगाडि संक्रमित भएका व्यक्ति निको भएर घर फर्किसकेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार