सोलुखुम्बुको जुभिङ सामुदायिक वनमा ६० वर्षीय धनवीर मृत भेटिए !

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ नेलेका ६० वर्षीय धनवीर कामी मृत अवस्थामा भेटिएका छन् ।

चैत्र ५ गते दिउँसो घरबाट निस्किएका धनवीर चैत्र १० गते दउँसो साँढे १ बजे जुभिङ सामुदायिक वनमा रहेको खोल्सामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय लुक्लाका प्रहरी प्रमुखले जानकारी दिए ।

घटनाको जानकारी पाएसँगै ईलाका प्रहरी कार्यालय लुक्लाबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया गरिरहेको तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट समेत अनुसन्धान टोली खटाईएको प्रहरीले जनाएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार