भारतमा मंगलबार मध्यरातदेखि २१ दिनसम्म लकडाउन [भिडियोसहित]

Facebook Debugger

काठमाडौँ । भारतका १ खर्ब ३० लाख मानिस मंगलबार मध्यरातदेखि २१ दिन लामो लकडाउनमा बस्नु पर्ने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ सम्बोधन गर्दै २१ दिनसम्म घरभित्रै बसेर सरकारलाई सहयोग गर्न अनुरोध गरेका हुन् । भारतमा संक्रमितको संख्या ५ सय नाघेको छ भने १० जनाको मृत्यु भइसकेको छ ।

‘भारतलाई बचाउन सबै नागरिक, सबै गल्ली र सबै क्षेत्र लकडाउनमा राखिनेछन्,’ मोदीले देशबासीको सम्बोधनका क्रममा भने ।

स्वास्थ्य अनुसन्धानकर्ताहरुले मध्य अप्रिलसम्म भारतमा १० लाखभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणमा पर्ने प्रक्षेपण गरेपछि मोदीले यो घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार