सांसद राईले दिए कोरोना आपतकालिन कोषलाई १ महिनाको पारिश्रमिक !

Facebook Debugger

काठमाडौं । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य तथा नेकपा केन्द्रीय सदस्य हेमकुमार राई ‘सुरवीर’ले विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न सरकारलाई सहयोग स्वरुप १ महिनाको पारिश्रमिक दिने घोषणा गरेका छन् ।

नेपाल सरकारले स्थापना गरेको कोरोना आपतकालिन विशेष कोषमा सबैले सकेको सहयोग गर्न आग्रह गर्दै सांसद राईले १ महिना पारिश्रमिक दिने सामाजिक सञ्जाल फेसबुक मार्फत घोषणा गरेका हुन् । कोरोनाको विश्व व्यापी रुपमा हल नभएसम्म सचेत र सतर्कताबाट मात्र जोगिन सकिने पनि उनको भनाई छ ।

सोलुखुम्बु जिल्लाको अभिभावक भएकाले आम नागरिकहरु सबै सुरक्षित र कोरोनामुक्त हुनका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र जिल्ला प्रशासनले भने अनुसार गर्न गराउन सबै जिल्लाबासीलाई आग्रह गरेका छन् । ‘पहिलो त म सुरक्षित हुनु पर्यो, अनि मात्र परिवार, समाज र देशका लागि सोच्ने बेला हो,’ सांसद राईले भने, ‘अति आवश्यक नभै भिडभाडमा नजानूनै कोरोनाबाट बच्ने पहिलो उपाय हुन सक्छ ।’

सोलुखुम्बु जिल्ला विश्वकै पर्यटकीय क्षेत्रमध्ये एक भएकाले सगरमाथा क्षेत्रमा रोकिएका पर्यटकहरुको बारेमा पनि आफूले जानकारी लिइरहेको राईले बताए । अहिलेको अवस्थामा जो जहाँ भएपनि घरभित्रै बस्नु पर्ने भएकाले पर्यटकीय क्षेत्रमा रोकिएका पर्यटकहरुलाई सोही स्थानमा बस्न अनुरोध गरिएको समेत उनले बताए ।

जिल्लाभित्र कोरोनाबाट बच्नको लागि गरिएका सम्पूर्ण कार्यहरु सन्तोष जनक रहेको सांसद राईको भनाई छ । ‘जिल्लामा सबै स्थानीय तहमा पूर्ण रुपमा कोरोनाबाट आइपरेका समस्याहरु सामना गर्नका लागि आवश्यकीय उपकरण सहित जनशक्ति तयार भैसकेका छन्, उनले भने, ‘जिल्ला भित्रिने र बाहिरीनेहरुलाई विशेष निगरानी राख्न पनि मैले सम्बन्धित निकायलाई ध्यानाकर्ष गराईसकेको छु ।’

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार