कोरोना अपडेट : इटालीमा एकैदिन ६ सय ८३ को मृत्यु, अमेरिकामा १० हजार संक्रमित थपिए !

Facebook Debugger

काठमाडौं । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट इटालीमा बुधबार ६ सय ८३ जनाको मृत्यु भएको छ ।

वर्ल्डओमिटरका अनुसार यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५ सय नाघेको छ ।

बुधबार मात्र इटालीमा ५ हजार २ सय १० नयाँ संक्रमित फेला गरेका छन् । यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ७४ हजार ३ सय नाघेको छ ।

चीनपछि सबैभन्दा बढी प्रभावित इटालीमा चीनमा भन्दा दोब्बरभन्दा पनि बढी मानिसको मृत्यु भैसकेको छ ।

त्यस्तै अमेरिकामा बुधबार एकैदिन १० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा पनि समग्र भाइरस संक्रमितको संख्या ६५ हजार ७ सय नाघेको छ ।

अमेरिकामा बुधबार मात्र १ सय ५५ जनाको भाइरसको कारण ज्यान गुमाएका थिए । योसँगै समग्र मृत्यु हुनेको संख्या पनि ९ सय ३५ पुगेको छ ।

इटालीपछि दोस्रो सबैभन्दा धेरै मानिसको ज्यान गएको स्पेनमा अहिलेसम्म ३ हजार ६ सयभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन्, भने ४९ हजार ५ सय भन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण ४ लाख ७१ हजार ३५ पुगेको छ, भने मृत्यु हुनेको संख्या २१ हजार २ सय ८३ पुगेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार