गोरखामा पहिरोले पुरिंदा एकै परिवारका २ जनाको मृत्यु

210 Shares

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका-७ मा पहिरोले घर पुरिंदा एकै परिवारका २ जनाको मृत्यु भएको छ ।

गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन् । गाउँपालिका अध्यक्ष राजु गुरुङले आज बिहान १० बजेतिर शव बाहिर निकालिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार