भिडियो भाइरल भएपछि उर्लाबारीका मेयरले भने, ‘भोलि लाश उठाउनुभन्दा आज लठ्ठी हान्नु ठीक’

Facebook Debugger

काठमाडौं । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट बच्नको लागि सरकारले मंगलबारदेखि एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ ।

उर्लाबारी नगरपालिकामा भने नागरिकले लकडाउन उल्लंघन गर्दै घरबाहिर निस्किएपछि मेयरले नागरिकलाई लठ्ठीले हानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो । भिडियो भाइरल भएपछि उर्लाबारीका मेयर खड्गबहादुर फागोको सर्वत्र विरोध भयो ।

‘हामीले आज लक डाउन मानेनौं भने हामीले भोलि मान्छेका लास उठाउनु पर्छ । लास उठाउनुभन्दा त बरू आज लठ्ठी उठाउँ भनेर हानेको हुँ,’ उनले भने । फागोले नागरिकलाई सम्झाउने-बुझाउने गरे पनि नमानेपछि लठ्ठी हान्नु परेको प्रतिक्रिया दिए ।

नगरपालिकाभित्र खाद्यान्न, तरकारीलगायतका समस्या भएको छ की छैन भनेर नगरका विभिन्न ठाउँमा गइरहेको बताउँदै उनले त्यही क्रममा रोडमा केही युवाले प्रहरीलाई नटेरेको देखेर लठ्ठी हानेको प्रतिक्रिया दिएका छन् ।

‘कोही पछाडि मान्छे बोकेर साइकल र मोटरसाइकल चलाइरहेका छन, कोही पौडी खेल्न जाने भनेर हिँडेका छन,’ फागोले भने, ‘उनीहरूले प्रहरीले भनेको नमानेपछि मैले लठ्ठी हानेको हुँ ।’

उनले लक डाउन नमाने इटाली र स्पेनमा जस्तो कोरोनाको महामारी फैलिन सक्ने भएकाले त्रास देखाउन लाठी हानेको प्रतिक्रिया दिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार