लुक्लामा अलपत्र १४ फ्रान्सेली नागरिकलाई तारा एयरको जहाजले काठमाडौं ल्यायो !

Facebook Debugger

काठमाडौं । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि २ दिनदेखि लुक्लामा अलपत्र परेका १४ फ्रान्सेली नागरिकलाई तारा एयरको जहाजले काठमाडौं ल्याई पुर्याएको छ ।

तारा एयरले गृह मन्त्रालयको अनुमतिमा लुक्लामा अलपत्र परेका फ्रान्सेली नागरिकको उद्धारका लागि उडान गरेको हो । सगरमाथा भ्रमणमा रहेका उनीहरुलाई काठमाडौं ल्याउनका लागि नेपालस्थित फ्रान्सेली दूतावासले जहाज चार्टर्ड गरेर पठाएको तारा एयर लुक्लाका स्टेशन इञ्चार्ज छत्र कुलुङले बताए ।

तारा एयरको १९ सिट क्षमता भएको ट्वीनेटर जहाज लुक्ला गएको थियो । दूतावासले पोखरामा रहेका आफ्ना नागरिकलाई काठमाडौं ल्याउनका लागि पनि जहाज पठाउने तयारी गरिरहेको छ ।

लुक्लामा अझै विभिन्न देशका २ सयभन्दा बढि पर्यटकहरु अलपत्र परेर बसिरहेका छन् । उनीहरुसँग भएको पैसा सकिएपछि खुम्बु पासाङल्हामु गाउँपालिकाले खाने र बस्नेको नि:शुल्क व्यवस्था गरेको छ । लुक्ला बजार लगायत फाक्दिङ र नाम्चेमा पनि अलपत्र परेका पर्यटकहरुलाई गाउँपालिकाले नि:शुल्क खाने बस्नेको व्यवस्था गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवत्ता लाक्पाछिरी शेर्पाले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार