पोखरामा अलपत्र परेका ५८ फ्रान्सेली पर्यटकको उद्दार !

Facebook Debugger

काठमाडौं । नेपालभित्र लकडाउनका कारण पोखरामा अलपत्र परेका ५८ फ्रान्सेली पर्यटकलाई उद्दार गरिएको छ ।

बिहीबार अपरान्ह बुद्ध एयरको जहाजले उनीहरुलाई काठमाडौं ल्याएको हो । नेपालस्थित फ्रान्सेली दूतावासले उनीहरुलाई काठमाडौं ल्याउन जहाज चार्टर गरेको थियो ।

उनीहरुलाई काठमाडौंको होटलमा राखिनेछ । फ्रान्सबाट आउने चार्टर विमानले उनीहरुलाई फिर्ता लैजानेछ ।

बिहीबारनै सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लाबाट १४ जना फ्रान्सेली पर्यटकलाई उद्दार गरिएको थियो । तार एयरको ट्वीनअटर जहाज चार्टर गरेर दुताबासको पहलका काठमाडौं ल्याइएको हो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार