अस्वस्थ भएपछि प्रधानमन्त्री ओली राति नै अस्पताल भर्ना !

Facebook Debugger

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ । बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले बताको छ ।

उनको स्वास्थबारे थप विवरण भने आउन सकेको छैन । ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए ।

स्रोतले भन्यो, ‘प्रधानमन्त्रीलाई असहज महसुस भएपछि यहाँ भर्ना गरिएको हो ।’ थप जानकारी आउन बाँकी छ । ओलीलाई डिस्चार्ज गर्ने बेला उनको उपचारमा संलग्न चिकित्सकले उनी अझै पनि सक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन सुझाव दिएका थिए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार