कोरोना अपडेट : एकैदिनमा ६० हजार बढि नयाँ संक्रमित !

Facebook Debugger

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणदर झनझन आक्रामक दरले बढिरहेको छ । बितेको २४ घण्टामा मात्रै यो भाइरसका ६० हजार ६ सय ६३ जना नयाँ संक्रमित फेला परेका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वभर ५ लाख ३२ हजार २ सय ३७ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । ती मध्ये २४ हजार ८९ जनाको मृत्यु भएको छ, भने ३ लाख ८३ हजार ८ सय १७ जना उपचाररत छन् । १ लाख २४ हजार ३ सय ३१ जना भने निको भएर घर फर्किएका छन् ।

गएको २४ घण्टामा मात्रै २ हजार ७ सय ८८ जनाको मृत्यु भएको छ । उपचाररत मध्ये १९ हजार ३ सय ५७ जनाको अवस्था गम्भीर छ । कोरोनाको मार सबैभन्दा बढि विश्वकै सम्पन्न र शक्तिशाली मानिएको अमेरिकाले झेलिरहेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार