कोरोनाको नयाँ तथ्य पत्ता लाग्यो : पैंगोलिन जनावरमा कोरोनासँग मेल खाने भाइरस भेटियो !

Facebook Debugger

काठमाडौं । चीनमा भर्खरै तस्करी गरेर ल्याइएको पैंगोलिन जनावरमा कोरोना भाइरससँग मेल खाने भाइरस भेटिएको पुष्टि भएको छ । जुन भाइरस सम्पूर्ण रुपमा कोरोना भाइरससँग मेल खाएको दावी गरिएको हो ।

एक अन्तराष्ट्रिय टीमले भनेको छ की भविष्यमा यस किसिमको संक्रमण हटाउनु छ भने जंगली जीवजनावरको बजारमा बिक्री पूर्ण रुपमा रोक लगाउन आवश्यक छ ।

पैंगोलिन स्तनधारी जीव हो । जसको मासु खाना र पारम्परिक औषधिको रुपमा प्रयोग हुदै आएको छ । यो अहिलेसम्मकै अधिक तस्करी हुने मध्येको एक जीव हो । तर, यसअघि चमेरोलाई पनि कोरोना भाइरसको मूल श्रोत रहेको दाबी गरिएको थियो ।

नेचर जर्नलमा प्रकाशित एक नयाँ अनुसन्धान पत्रमा अनुसन्धानकर्ताले भनेका छन्, ‘उनीहरुको आनुवंशिक डाटाले यो देखाउँछ की यी जनावरमाथि अतिरिक्त निगरानी अपनाउनुपर्छ र बजारमा यसको बिक्रीमा कडा प्रतिबन्ध लगाउनुपर्छ ।’

अनुसन्धानकर्ताका अनुसार चीन र दक्षिण पूर्व एशियाको जंगलमा पाइने पेंगोलिनमा अतिरिक्त निगरानी राख्नुपर्ने आवश्यकता छ । किनभने कोरोना भाइरस जन्माउनमा उनीहरुको भूमिका र भविष्यमा मानिसहरुमा त्यो संक्रमणको खतराबारे एउटा निश्चित बुझाई पत्ता लगाउन आवश्यक छ ।

यो जीवको छाला एशियामा पारम्परिक चिनियाँ औषधी बनाउन विशेष माग हुन्छ । पेंगोलिनको मासु निकै स्वादिष्ट मानिन्छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार