सगरमाथा क्षेत्रमा एभरेष्ट लिंकले दियो निःशुल्क इन्टरनेट !

Facebook Debugger

काठमाडौं । सगरमाथा क्षेत्रमा एभरेष्ट लिंकले निःशुुल्क इन्टरनेट सेवा दिएको छ । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण नेपालभर लकडाउन भएपछि सो क्षेत्रमा अलपत्र परेका विदेशी पर्यटकहरुलाई परिवारसँग सम्पर्क स्थापित होस भन्ने उद्देश्यका साथ निःशुल्क इन्टरनेट दिइएको हो ।

उच्च हिमाली तथा दुर्गम भेगमा इन्टरनेट सेवा दिदै आएको नीजि क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी एभरेष्ट लिंकले सगरमाथा क्षेत्रको लुक्ला, फाक्दिङ, मन्जो, नाम्चेबजार, खुम्जुङ, थामे, खुन्दे, पाङबोचे, दिङबोचे, फेरिचे, लबुचे, गोरक्सेप, गाोक्यो क्षेत्र र मेरा पिक क्षेत्रमा मार्च २० तारिखदेखि निःशुल्क इन्टरनेट सेवा दिन थालेको हो ।

‘सगरमाथा क्षेत्र, लाङटाङ, मुस्ताङ क्षेत्रमा कोभिड–१९ को नियन्त्रणका लागि गरिएको लकडाउनका कारण फसेका स्वदेशी तथा विदेशी पर्यटकहरुका साथै स्थानीयबासीलाई पनि परिवार, साथीभाई, आफन्तलाई सम्पर्क गर्न सजिलो होस् भनेर हामीले निशुल्क इन्रनेट सेवा दिएका हौं,’ एभरेष्ट लिंकका कार्यकारी अधिकृत छिरीङग्याल्जेन शेर्पाले भने, ‘यस असहज स्थितिमा पदयात्रामा गएका पर्यटकहरुलाई कम्पनीले निःशुल्क इन्टरनेट सेवा प्रदान गर्दा उनीहरुका घरपरिवारसँग सम्पर्क गर्न सहज भएको छ ।’

यही चैत ११ गतेदेखि कोरोनाभाइरस विरुद्ध को लकडाउनका कारण सगरमाथा क्षेत्रमा करिब ३ सय पर्यटकहरु अलपत्र परेका छन् । त्यसैगरी लाङटाङक्षेत्र र मुस्ताङक्षेत्रमा पनि पर्यटकहरु अलपत्र परेका छन् ।

एभरेष्ट लिंकले उच्च हिमाली भेग र विकट हिमाली गाउँमा जाने पदयात्रीहरु तथा हिमाल आारोहण गर्न जानेहरुलाई लक्षित गरेर इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । कोभिड-१९ को विश्व व्यापी महामारीका कारण यस पर्यटकीय सिजनमा पदयात्रा तथा पर्वतारोहण समेत स्थगित भएको छ ।

यसैबीच सगरमाथा क्षेत्रको नाम्चेबजार, फाक्दिङ र लुक्लाबजारमा अलपत्र परेका पर्यटकहरुलाई खुम्बु पासाङल्हामु गाउँपालिकाले नि:शुल्क रुपमा खाने र बस्नेको व्यवस्था गरेको छ । हिजो बिहीबार मात्र १ नेपाली सहित १९ जना पर्यटकलाई लुक्लाबाट उद्दार गरिएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार