कोरोना भाइरस कोभिड-१९ बाट यसरी बच्नुहोस : डा. प्रसुना [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । विश्व व्यापी महामारीको रुपमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ लाई सामान्य रुपमा नलिन लण्डनमा कार्यरत डा. प्रसुना कडेलले आग्रह गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देशमा बोल्नुहुँदै डा. कडेलले बेलायत लगायत यूरोपमा तीव्र रुपमा फैलिरहेको कोभिड-१९ बाट सचेत र सुरक्षित हुन सबै नेपालीहरुलाई आग्रह गरेकी हुन् । शुरुमा कोभिड-१९ थाहै नपाई एक व्यत्तिबाट अर्को व्यत्तिमा सर्ने रोग भएकाले सुरक्षित मेडिकल कपडा लगाएर मात्र घर बाहिर निस्कन समेत सुझाव दिएकी छिन् ।

९ मिनेट लामो भिडियो सन्देशमा उनले कोरोनाबाट बच्न लकडाउनमा बस्नुनै उत्तम विकल्प रहेको सुझाव दिएकी छिन् । उनीसँगै अस्पतालमा काम गर्ने कतिपयलाई कोरोनाको लक्षण देखिएपछि घरमै क्वारेन्टाइनमा बसेको समेत बताएकी छिन् । कोरोनसँग मात्र होईन जुनसुकै रोगसँग लड्नको लागि स्वास्थ्य शरीर बनाउनु पर्ने भएकाले पोषिलो खानेकुरा खाई आवश्यक अनुसार शारीरीक कसरत पनि गर्न उनले सुझाएकी छिन् ।

कतिपय नेपालीहरु कोरोनाको बारेमा नबुझिकनै त्रसित भैरहेकाले यसबारेमा राम्रोसँग बुझेर सचेतता अपनाउन समेत उनले अनुरोध गरेकी छिन् । पिहले आफू बाँचौं र अरुलाई बचाँऔ भन्ने मूल नारा आफूबाट नै लागू गर्नुपर्ने विज्ञहरुले सुझाएका छन् ।

यो समाचार तयार पार्दासम्म कोरोनाबाट ५ लाख ३६ हजार ४ सय ७७ जना संक्रमितको भएका छन् । २४ हजार १ सय १४ जनाको मृत्यु भएको छ, भने १ लाख २४ हजार ३ सय ९५ जना निको भएर घर फर्किएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार