बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोना भाइरस संक्रमण !

Facebook Debugger

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

संक्रमणको पुष्टि भएसँगै उनी अहिले आइसोलेसनमा बसेका छन् । उनी कोरोना भाइरसको संक्रमण हुने विश्वमै पहिलो प्रधानमन्त्री हुन् ।

आज आफ्नो ट्वीटर ह्याण्लमार्फत उनले आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका हुन् । ट्वीट गर्दै प्रधानमन्त्री जोनसनले भनेका छन्, “अहिले मलाई कोरोना भाइरसका सामान्य लक्षण देखापरेको छ । त्यसैले केही दिन डाउनिङ स्ट्रीटस्थित सरकारी निवासमा सेल्फ क्वारेण्टाइनमा बस्दैछु । तर भिडियो कन्फरेन्समार्फत कोरोनाभाइरस विरुद्धको लडाईंमा तपाईंहरुको साथमा रहने छु ।”

केही दिन अघि मात्रै बेलायतका युवराज चाल्र्सलाई समेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार