कोरोना अपडेट : इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु, स्पेनमा पनि ७ सय ७७ मृतक थपिए !

Facebook Debugger

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९)को कारण शुक्रबारमात्रै ९ सय १९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो ।

मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ ।

यसैगरी स्पेनमा एकैदिन ७ सय ७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितहरुको कुल संख्या ६५ हजार ७ सय १९ पुगेको छ ।

यस्तै अमेरिकामा एकैदिन ३ सय १२ जनाको ज्यान गएको छ । यससँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७ पुगेको छ । शुक्रबार एकैदिन १७ हजार २९ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख २ हजार ६ सय ६४ पुगेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार