लकडाउन उल्लंघन : शनिबार बिहानै १ सय ३९ जना पक्राउ !

Facebook Debugger

काठमाडौं । कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले आज (शनिबार) विहानै १ सय ३९ जनालाई पक्राउ गरेको छ ।

फाईल तस्वीर ।

शनिबार बिहान ८ बजेसम्मको अवधिमा मात्रै प्रहरीले १ सय ३० जना पुरुष र ९ महिला गरी १ सय ३९ जनालाई पक्राउ गरेको हो । प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन समेत सर्वसाधारणलाई आह्वान गरेको छ ।

लकडाउनको पाँचै दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार सबैले लकडाउन के हो ? कसको लागि भन्ने बुझिसकेकाले यसको उल्लंघन गर्नेलाई पक्राउ गरिएको बताए । ‘एउटा व्यक्तिको लापरबाहीले पूरै समाज संक्रमित हुनसक्ने भएकाले अब कसैलाई छुट हुँदैन ।’ पोखरेलले भने ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार