अलपत्र पर्यटकको बिहानैदेखि उद्दार शुरु, कतारबाट २ जहाज नेपाल आउँदै !

Facebook Debugger

काठमाडौं । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका पर्यटकको शनिबार बिहानैदेखि उद्दार शुरु गरिएको छ ।

पर्यटकलाई काठमाडौं ल्याउन नेपाल एयरलाइन्सको ट्वीनअर्टर जहाजले सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लाबाट ५ वटा जहाज पठाएर अलपत्र पर्यटकको उद्दार गरिने बताइएको छ ।

पर्यटक लिन २ वटा ट्वीनअर्टर जहाज शनिबार बिहानै लुक्ला पुगिसकेका छन् । पर्यटकको उद्दारका लागि तारा एयरले पनि लुक्लाबाट ३ र समिट एयरले १ वटा उडान भर्नेछ । पोखराबाट पनि शनिबार ३ वटा उडान हुनेछ ।

युरोपेली देशले नेपालमा रोकिएका आफ्ना नागरिक उद्दारका लागि जहाज पठाइरहेका छन् । नेपालमा रोकिएका पर्यटक लिन जर्मनी र फ्रान्सले शनिबार कतार एयरलाइन्सका २ जहाज नेपाल पठाउँदैछ । करिब ३ सय ५० जना जर्मनी पर्यटक लिन कतारबाट जहाज आउने तय भएको त्रिभुवन विमानस्थलमा कार्यरत अधिकारीले जानकारी दिए ।

फ्रान्सेली पर्यटक लिन आइतबार कतार एयरलाइन्सकै जहाज काठमाडौं आउने पनि अधिकारीहरुको भनाई छ । शुक्रबार जर्मनीले त्रिभुवन अन्राष्ट्रिय विमानस्थलबाट आफ्ना नागरिकलाई कतार एयरवेजको जहाजमार्फत् लगेको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार