कोरोनाको कहरः बाँच्न हो ? नियम पालना गरौं !

Facebook Debugger

अहिले विश्वभरि महामारी रोगको रुपमा फैलिएको ‘नोबेल कोरोनाभाइरस (कोभिड-१९)’ नामक संक्रामक रोग सुरुमा चीनको दक्षिण-पूर्वमा रहेको हुबेई प्रान्तको राजधानी ऊहानबाट फैलन सुरु भएको थियो । हाल यो कोभिड-१९ रोगले विश्वभरकै सरकार र जनतालाई नै आतंकित पारेको छ । संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि यो रोग (कोभिड-१९) लाई विश्वभरि फैलिएको महामारी (प्यान्डेमिक) भनी घोषण गरी सकेको छ । हुन पनि चैत १२, २०७६ सम्मको ताजा तथ्यांकअनुसार संयुक्त राष्ट्र संघमा आवद्व भएका १ सय ९५ वटा देशमध्ये १ सय ९३ वटा देशमा (कोभिड-१९) रोगको संक्रमण फैलिसकेको छ ।

सन् २०२० मार्च २५ सम्म (कोभिड-१९) ले विश्वका १ सय ९३ देशका ४ लाख ३६ हजार ४ सय ८१ जना मान्छेहरुलाई बिरामी बनाएको छ भने १ लाख ११ हजार ८ सय ८९ जना व्यक्तिहरु पूर्ण रुपमा निको भएर आ-आफ्नो घर फर्की सकेका छन् । त्यस्तै कोरोनाभाइरसको संक्रमणका कारण विश्वका विभिन्न देशका १९ हजार ६ सय ४३ जनाले आफ्नो अमूल्य ज्यान गुमाएका छन् । यसरी हेर्दा हालसम्म (कोभिड-१९)का कारण विश्वका १ सय ९३ देशका ४ लाख ३६ हजार ४सय ८१ जना मान्छेहरुलाई बिरामी बनाएको देखिन्छ भने संक्रमित रोगीमध्ये १ लाख ११ हजार ८ सय ८९ जना व्यक्तिहरु पूर्ण रुपमा निको भएर आ-आफ्नो घर फर्की सकेका छन् ।

मर्नदेखि कसलाई डर नलाग्दो हो र ? त्यसमाथि हामी नेपालीहरु ! जो खानकै लागि भए पनि बाँच्न चाहान्छौं ! त्यसैले हाल नेपालको केन्द्रीय राजधानी काठमान्डौबाट लभगभग ६ लाख मानिसहरु आ-आफ्नो थातथलो (सेमी लक डाउन पूर्ण लक डाउन नहुँदै) लागिसकेका छन् । जसले गर्दा नेपालको केन्द्रीय राजधानी काठमान्डौ नै सुनसान भएको छ । लाग्छ, यी मानिसहरु कोरोनाको कहर र संक्रामक रोगबाट बाँच्नका लागि गाउँ नै सुरक्षित हुन्छ ! भन्ठानेर गाउँ लागेका हुन् ।

त्यसो त हामी नेपालीहरु छिपछिपे मात्रै ज्ञान भएको भए पनि पर्ण ज्ञान भएको ठान्छौं । अज्ञानी, अल्पज्ञानी वा भनौं अर्धज्ञानी ! भए तापनि हामी नेपालीहरु आफूलाई सर्वज्ञ, सर्वज्ञानी वा भनौं आमाको कोखमा ९ महिना बस्दैदेखि सबै कुरो जान्ने-सुन्ने ! भएर आएको हन्छौं भन्ठान्छौ । त्यसैले हामी नेपालीहरु आफू जत्ति नै अज्ञानी, अल्पज्ञानी वा भनौं अर्धज्ञानी ! भए तापनि, केही नजान्ने नै भए तापनि हामीलाई सर्वज्ञ, सर्वज्ञानी आफू मात्रै सबै कुरो जान्ने, अरु सबै मुर्ख-महामुर्ख हुन् भन्ठान्नुपर्ने वाध्यता छ ! किनभने, हामी न त अरुभन्दा लाटो हुन नै चाहान्छौं, न त अज्ञानी वा अर्धज्ञानी नै ।

सायद त्यसैले त होला, केही दिनअघि ‘फलानो हस्पिटलले भनेको .. जनालाई … लागेको छ अरे, फलानो नर्सिङ होमले भनेको यत्ति जनालाई … अरे !’ भन्दै झूटो र कपोल-कल्पित म्यासेज वा भनौं सूचना संप्रेषण गरिएको थियो । अझ कुनै अमूक धर्मका ठेकेदारहरु नै फलानो धर्ममा लागे वा फलानो धर्म माने नोबेल कोरोनाभाइरस (कोभिड-१९) लाग्दैन ! भनी झूटो हौवा वा भनौं भ्रम फिजाउन सफल हुन्छन् । चेतना भया ! ninamkirat123@gmail.com 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार