एउटै जहाजबाट दोस्रो र पाँचौं कोरोना संक्रमित युवती नेपाल आएका थिए ! [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एउटै जहाजबाट आएको पाइएको छ । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजका जहाज चढेर आएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमित पाँचौ व्यक्ति बागलुङकी १९ वर्षकी किशोरी हुन् । उनी चैत ४ गते (१७ मार्च)को दिन कतार एयरवेजको क्यू आर ६५२ उडानबाट आएकी हुन् ।

त्यही विमानमा आएकी काठमाडौंकी १९ वर्षकी युवतीमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले चैत १० गते घोषणा गरेको थियो ।

फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामी साथीमा कोरोना संक्रमण देखिएपछि उनी चैत ७ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगेकी थिइन् । १० गते उनको कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएको थियो । यो नेपालमा भेटिएको दोस्रो स्रंक्रमण थियो ।

त्यसै दिन सरकारले एक हप्ताका लागि लकडाउन घोषणा गरेको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार