समाजसेवी मनकलाले १ महिनाको घरभाडा नलिने !

Facebook Debugger

ईटहरी । धनकुटा हिले वडा नं १ स्थायी बासिन्दा एवं समाजसेवी मनकला लङ्वा लिम्बुले १ महिनाको घरभाडा नलिने घोषणा गरेकी छिन् ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को कारण देशैभर लकडाउन भैरहेको बेला समाजेवी लिम्बुले सुन्दरहरैचा नगरपालिका वडा ४ गोकुलम पार्क अगाडि रहेको २ तले घरको मासिक ३५ हजार (पैतीस हजार) घरभाडा नलिने घोषणा गरेकी हुन् । देशभित्र लकडाउनले महामारी रोक्न मद्धत गरे पनि दैनिक ज्याला मजदुरी गरेर जीविका पार्जन गर्ने निम्न वर्गहरुलाई भने जिविका पार्जनामा असर पुर्याएको छ । यहि कुरालाई मनन गदै थोरै भए पनि सहयोग मिलोस भन्ने हेतुले समाजसेवी तथा राजनीतिकर्मी लिम्बुले घरभाडा छुट दिएको बताएकी छिन् ।

‘कर्तव्य भुलेका कारण कयौं व्यापारीहरुले दैनिक उपभोग्य वस्तुहरुको कालोबजारी गरेर धन कमाई रहेका छन्, त कतिले समाजसेवा गरेर मन जितेका छन,’ लिम्बुले भनिन्, ‘देशको यस्तो विषम परिस्थितिमा सबैले सामाजिक उत्तरदायितव अन्र्तगत अभियानको रुपमा आ-आफ्नो ठाउबाट लुट्ने होइन सक्ने सहयोग गर्न सके भयावह संकटबाट देश र आम नागरिकलाई संकटबाट बचाउन सकिन्छ ।’

यस्तो महामारीको अवस्थामा सबैले सक्ने सहयोग गर्नुपर्ने उनको भनाई छ । ‘मर्दा सारा सम्पति आफुसँगै लिएर जादैनौं, बाँच्दासम्म गरिब दिनदुःखिहरुको सहयोग गर्न सके यसले जीवनमा ठुलो सन्तुष्टी र धर्म मिल्ने भएकाले मैले यो सानो सहयोग गरेको हुँ,’ लिम्बुले भनिन्, ‘यस्ता निमुखा दीनदुःखी निम्न वर्गको सहयोगको लागि अभियानको रुपमा अगाडी बढाउन सबैलाई आव्हान गर्दछु ।’

धनकुटा स्थायी निवासी लिम्बु क्रियाशील युवा नेत्री एवं सामाजीक अभियन्ता समेत हुन् । उनि समाजवादी पार्टी नेपाल भात्रृ संगठन समाजवादी युवा संघ केन्द्रीय समितिको कोषाध्यक्ष, समाजवादी महिला संघ प्रदेश-१ समिति सचिव, लिम्बुवान राष्ट्रिय समितिको सचिवालय सदस्य समेत हुनुहुन्छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार