आजको विभिन्न पत्रपत्रिकामा प्रकाशित टेण्डरहरु [हेर्नुहोस सूचीसहित]

काठमाडौं । के तपाई विभिन्न पत्रपत्रिकामा प्रकाशित विभिन्न टेण्डर (ठेक्कापट्टा)को सूचना हेर्न धेरै समय खर्चिनु परेकाले हैरानी व्यहोरी रहनु भएको छ ?

अब तपाईले नेपालभर खुलेका टेण्डरहरु तपाईले चाहेको समय अर्थात फर्सदमा पनि जुनसुकै बेला तपाईको समयमा हेर्न सक्नुहुनेछ । जसले गर्दा तपाईको समय बचतसँगै नेपाल भरका टेण्डरहरु एकै साथ एक क्लिकमा हेर्न सक्नुहुनेछ ।

आज २०७८ असार २६ गते शनिबार । तदनुसार सन् २०२१ जुलाई १० तारिख । आज काठमाडौंबाट प्रकाशित विभिन्न पत्रपत्रिकामा प्रकाशित टेण्डरहरु निम्नानुसार रहेका छन् ।
आजको कान्तिपुर दैनिकमा कुनै पनि बोलपत्र (टेन्डर) प्रकाशित भएको छैन ।

आजको गोरखापत्र दैनिकमा ३ वटा बोलपत्रको सूचना प्रकाशित भएको छ । प्रधानमन्त्री तथा मन्त्रि परिषद कार्यालयको १, लुम्बीनी प्रदेशको १ र नेपाल टेलिकमको १ गरी ३ वटा बोलपत्र आजको गोरखापत्र दैनिकमा प्रकाशित भएका छन् ।

आजको कारोबार दैनिकमा पनि ३ वटै बोलपत्रको सूचना प्रकाशित भएका छन् । बझाङ जिल्लामा सञ्चालन हुन लागेको सडकको १ र प्रभु बैंकको २ गरी ३ वटा बोलपत्रको सूचना प्रकाशित भएका हुन् ।

आजको नागरिक दैनिकमा १ वटा मात्र बोलपत्र आव्हानको सूचना प्रकाशित गरिएको छ । सडक डिभिजन भक्तपुरको बोलपत्र आव्हानको सूचना प्रकाशित भएको हो ।

आजको राजधानी दैनिकमा एउटा मात्र बोलपत्रको सूचना प्रकाशित भएको छ । चागुँनारायण नगरपालिकाको बोलपत्र सूचना प्रकाशित भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार