काठमाडौं । के तपाई जागीरको खोजिमा हुनुहुन्छ ? अनि धेरै जागीर खुलेको सूचनाको जानकारी नपाई नै म्याद सकिएको छ ? उसो हो भने अब तपाईको चिन्ता हटेको छ ।
तपाईले अब एक क्लिकमा नेपालभर खुलेका जागीरको सूचना हेर्न सक्नुहुनेछ । अब तपाईले चाहेको जागीर ढुक्कले खान सक्नु हुनेछ ।
अब तपाईले नेपालभर खुलेका जागीरहरु तपाईले चाहेको समय अर्थात फुर्सदमा पनि जुनसुकै बेला तपाईको समयमा हेर्न सक्नुहुनेछ । जसले गर्दा तपाईको समय बचतसँगै नेपाल भरका जागीरहरु एकै साथ एक क्लिकमा हेर्न सक्नुहुनेछ ।
आजको कान्तिपुर दैनिकमा ३ वटा जागीरको सूचना प्रकाशित भएको छ । काठमाडौं विश्व विद्यालय, स्वीस सरकार विकास सहयोग एससीडी र युएनडीपीमा विभिन्न पदमा कर्मचारी आवश्यकता भएको सूचना प्रकाशित भएको हो ।
आजको अन्नपूर्ण दैनिकमा एउटा कर्मचारी आवश्यकता भएको सूचना प्रकाशित भएको छ । इन्फिनीटी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई विभिन्न पदमा कर्मचारी आवश्यकता भएको सूचना प्रकाशित गरिएको हो ।
आजको राजधानी दैनिकमा वैदेशिक रोजगारका लागि जागीर खुलेको सूचना प्रकाशित भएको छ । साउदी अरेबियाको लागि विभिन्न पदमा कर्मचारीहरु आवश्यकता भएको सूचना प्रकाशित भएको हो ।