एमाले कार्यदल बैठक सिंहदरबारमा सुरु

147 Shares

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा विहान सवा ९ बजेबाट बैठक सुरु भएको हो ।

विहान ८ बजेका बैठक बस्ने भनिएपनि वरिष्ठ नेपाल माधव नेपाल पक्षीय कार्यदल सदस्य आन्तरिक छलफलमा लागेपछि एक घण्टा ढिलागरी बैठक सुरु भएको हो ।

नेता नेपालको निवासमा एक घण्टा छलफल गरेर उनीहरु सिंहदरबार पुगेपछि बैठक सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका सदस्यहरु ८ बजे नै बैठकस्थल पुगिसकेका थिए । आजको बैठकले सहमतिको मस्यौदा तयार तयार गर्ने कार्यदल सदस्यको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार