मृत्युदण्ड सहि कि गलत ?

Facebook Debugger

निर्भया बलत्कार काण्डमा दोषी देखिएका ४ जना यूवालाई भर्खरै भारतमा मृत्युदण्ड दिइएका समाचारहरु दक्षिण एसियाका धेरै मिडियाहरुमा प्रमुुखताका साथ प्रकाशन भए । नेपालमा पनि विभिन्न कानुनविद् तथा जानकारहरु सबैले विश्वको कानुनी प्रचलनहरु कानूनी व्यवस्थाको विषयमा तुलनात्मक छलफल र बहसहरु गरे । सोहि प्रकारका घटनाको विषयलाई लिइर मृत्युदण्डको पक्ष विपक्षमा आ-आफ्नो मतहरु व्यक्त गरेको पाईन्छ । चिया पसलहरुमा समेत घण्टौ चर्चाको बिषय बनेको उक्त मृत्युदण्डपछि समाजमा यस प्रकारका आपराधिक घटनाहरु रोकिने तर्क गर्छन् भने कोही जस्तोे सुकै व्यवस्था भएपनि समाजमा अपराध नरोकिने तर्क गर्दछन् । प्रसिद्ध फान्चफोन लिस्टका अनुसार “जसरि मानिसको मृत्यु अपरिहार्य छ, ठिक त्यस्तै अपराध पनि अपरिहार्य छ, दण्ड पनि लोप भएर जान सक्दैन, जसरी ठूला-ठूला विकास र प्रगतीले पनि रोग र मृत्युलाइई जित्न सक्दैनन्, ठिक त्यसरी नै जस्तो सुकै रोकथामका उपायले पनि अपराधलाई जित्न सक्दैनन् ।”

मृत्युदण्ड भनेको कुनै पनि व्यक्तिले जघन्य अपराध गरेबापत निजको भौतिक स्वरुपलाई राज्यको सवैधानिक अङ्गबाट सजाय स्वरुप नष्ट गर्नु वा अस्तित्व लोप गर्नु (मार्नु) भन्ने बुझिन्छ ।

जघन्य प्रकृतिका आपराधिक घटनामा अदालत बाट दोषी प्रमाणित भएमा मात्र दोषीलाई मृत्युदण्ड दिने गरिन्छ । यो सजाय कहिले बाट प्रारम्भ भयो भन्ने एकिन विवरण नभेटिएपनि मृत्युदण्ड प्रणालीको प्रचलन प्राचिनकालीन समाज देखिनै वर्तमान समयसम्म चलिआएको अनुमान गर्न सकिन्छ । पछि इ.पु. ४२७ वर्ष तिरबाट मृत्युदण्डीय प्रणालीमा सुधारवादी चिन्तन आएको पाईन्छ । तै पनि हाल सम्म विश्वका अधिकांस ठूला र सम्पन्न देशमा अपराधको प्रकृती हेरेर मृत्युदण्ड दिने संविधानहरु प्रचलनमा छन् । नयाँ संविधान बन्ने क्रममा पनि मृत्युदण्डलाई यथावत राखेको पाईन्छ । विश्वका प्रायजसो मुलुकहरुमा झुण्डाउने, गोलि हानि मार्ने, विद्युतिय कुर्सिमा राख्ने, ग्यास च्यामरमा हुलि मार्ने, टाउको चिर्ने, गरि मृत्युदण्ड दिने प्रचलन रहेको पाईन्छ ।

नेपालमा पनि २०४६ को प्रजातन्त्र पुर्नवहाली हुनुभन्दा अगाडिसम्म मृत्युदण्ड दिने कानुनहरु बनेको थिए । तत्कालिन नेपाल अधिराज्यको सविधान २०४७ को धारा १२ (१)ले मृत्युदण्डको सजाय हुने गरि कुनैपनि कानुन बनाउने, बनाईने छैन भनि मृत्युदण्डको व्यवस्थालाई संवैधानिक रुपमै अन्त्य गरेको थियो ।

मृत्युदण्डको पक्ष विपक्षमा समाजका कयौं नागरिक, कानुनविद्, मनोवैज्ञानिक, पत्रकार, लेखक, अपराध शास्त्रीहरुको फरक-फरक मत पाईन्छ । सबैले आफ्ना तर्कहरु पुष्टि गरेका छन यस कारण समाजका सामान्य नागरिकले सहि कि गलत भनेर छुट्याउन सक्दैनन् । मन्टेस्क्युले मृत्युदण्ड बिरामी समाजका लागि औषधी हो, भनेका छन । केहि विज्ञहरु मृत्युदण्ड प्राकृतिक न्यायको सिद्धान्त विपरित भएको गलत हो भन्दछन् ।

यसको पक्षमा हुनेहरु मृत्युदण्ड सबैभन्दा भरपर्दो सजाय हो, यसले भविष्यमा पिडक र पिडितबीचमा कुनैपनि झगडा हुन पाउदैन । जसले जस्तो अपराध गरेको छ त्यस्तै सजाय दिनु पर्छ । जस्तै : कसैले अर्कोृको खुट्टा भाचेर हत्या गरेको छ भने त्सस्तो व्यक्तिलाई पनि त्यसै गरि खुट्टा भाँचेर मृत्युदण्ड दिने हो भन्छन् । समाजमा डर, त्रास र सजायको भयबाट अपराधका श्रृखलाहरुमा कमि आउछ । राज्यमा कारागार बनाउनै पर्दैन जसबाट राज्यलाई आर्थिक बोज समेत कम हुन्छ । अपवादका अवस्था बाहेकका घटनामा मृत्युदण्ड दिनै पर्छ त्यसको निर्धारण फरक राज्यले फरक कानुन बनाउन सक्दछन । अपराधिलाई मृत्युदण्ड दिए पछि त्यसको वंश नै नष्ट हुन्छ र अर्को अपराधी जन्मनै पाउदैन । यसबाट समाजमा दिगो शान्ति स्थापना हुन्छ, भन्ने जस्ता तर्कहरु गर्छन भने यसको विपक्षमा हुनेहरु मृत्युदण्ड मानवता विरुद्ध कार्य हो । अपराधीलाई कारावारको सजाय दिने, जन्म कैद राख्ने जस्ता तर्क गर्दै कुनै पनि अवस्थामा मृत्युदण्ड दिनुहुदैन भन्दछन् । कालगति नआई मान्छे कुनै अवस्थामा मर्नु हुदैन, मृत्युदण्ड कृत्रिम हो, मानवले प्राकृतिक रुपमा मर्न पाउनु उसको मानव अधिकारहो भन्छन्, मृत्युदण्डलाई पुनः सुधार गर्न वा सच्याउन सकिदैन, यसले अपराध नियन्त्रण हैन थप अपराधका श्रृङखला बड्दछन । जस्तै कसैले बलात्कार गरेर मृत्युदण्ड पाउने अवस्थामा उसले हत्या पनि गर्न सक्छ । दुुबै अपराधको एउटै सजाय हुन्छ । यो अवस्थामा परिवारलाई जीवन्त मानसिक तनाव हुन्छ र समाजबाटै एक्लो हुन्सक्छ । मृत्युदण्ड बदलाको भावनाले बढि प्रेरित हुन्छ । जीवन दिन नसक्नेले कसैको पनि जीवन हरण गर्न सक्दैन, आफ्नो गल्ती सुधार्न पाउनुपर्छ । कहिले काहि निरपराधीलाई यस प्रकारका सजाय हुन सक्छन । जुन सजाय दिनु पनि गम्भिर प्रकृतीको अपराध हो । मृत्युदण्ड भनेको रगत हो, रगतले रगतनै खोजेको हुन्छ । यस कारण कुनैपनि अवस्थामा मृत्युदण्ड दिनु हुदैन बरु सर्वस्व सहित जन्म कैद राख्नु पर्दछ भन्ने मान्यता राख्दछन ।

यसरी हेर्दा मृत्युदण्ड पक्षमा भन्दा क्रमिक रुपमा विपक्षमा आफ्ना तर्कहरु बढि पुष्टि गर्न सकिन्छ । पछिल्लो समयमा कानुनबाट मृत्युदण्डको व्यवस्था हटाउने बिचारहरुले स्थान पाएको देखिन्छ । यदि मृत्युदण्ड दिनुपर्ने अवस्थामा पनि अन्र्तराष्ट्रिय मान्याता बमोजिम मृत्युदण्डको सजाय पाएका व्यक्तिको आश्रित परिवाराका सदस्यलाई निश्चित अधिकार, आर्थिक सहयोग, राहात तथा परिपुरनको व्यवस्था गर्न जरुरी हुन्छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार