मार्क जुकरवर्गले पत्रकारहरुका लागि छुट्याए १०० मिलियन डलर

Facebook Debugger

काठमाडौं । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)ले विश्वभर त्रास फैलाइरहँदा फेसबुकका संस्थापक मार्क जुकरवर्गले पारिस्थितिक प्रणालीलाई सहयोग गर्ने र अन्यपरिस्थितिमा पनि समयमै सूचनाको पहुँच दिने सबै पत्रकारहरुको लागि १०० मिलियन डलर छुट्याएको बताएका छन् । उनले फेसबुकमा पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् ।

उनले फेसबुकमा पोस्ट गर्दै भनेका छन्, ‘इकोसिस्टमलाई समर्थन गर्ने र प्रत्येकलाई सही र समयमै जानकारीको पहुँच सुनिश्चित गर्ने हाम्रो प्रयासको अंशको रूपमा हामी पत्रकारलाई सहयोग र्पुयाउन नयाँ कोषमा १०० करोड डलर लगानी गरिरहेका छौं, विशेष गरी स्थानीय समाचारमा केन्द्रीत यो रकम जम्मा गरेका छौं ।’

यस्तै उनले स्थानीय नियकायमा समाचारको पहुँच र्पुयाउने, समुदायको लागि काम गर्ने पत्रकारहरु कठिन मोडमा पनि काम गर्ने भन्दै पत्रकारका संगठन र समाचार संस्थाहको प्रशंसा गरेका छन् ।

उनले स्थानीय समाचारले धेरे प्रभावकारी भूमिका खेलेको भन्दै आपत्तकालिन कोषको लागि २५ मिलियन फेसबुक पत्रकारिता प्रोजेक्ट र ७५ मिलियन मार्के्टिङका लागि खर्च गर्ने गरी सहयोग गर्ने बताएका छन् ।

यसका साथै उनले थपन नयाँ आपत्तकालिन कार्यक्रमका लागि भने ३०० मिलियन सहयोग गर्ने वाचा गरेका छन् । उनले यसका लागि अर्को वर्षसम्मका लागि यसलाई कार्यान्वयनमा ल्याउने समेत बताए । रात दिन नभनी कठिन अवस्थामा पनि काम गरिरहने पत्रकारहरुप्रति आफ्नो सधै साथ र सहयोग रहने उनको भनाइ छ ।

As part of our efforts to support the news ecosystem and make sure everyone has access to accurate and timely…

Posted by Mark Zuckerberg on Monday, 30 March 2020

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार