लकडाउ समस्यामा परेका सोलुखुम्बेलीलाई कार्कीले सहयोग गर्ने !

Facebook Debugger

काठमाडौं । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट बच्नको लागि देशभर लकडाउन गरिएको छ ।

लकडाउनका कारण श्रमिकहरुले कुनै न कुनै किसिमका समस्याहरु भोगीरहेका छन् । सोलुखुम्बुबाट काठमाडौं आइ बसेका श्रमिक र विद्यार्थीहरु कोहि समस्यामा हुनुहुन्छ भने अब तपाईको समस्यामा साथ दिन सफल व्यवसायी एवं नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले सहयोग गर्ने घोषणा गरेका छन् ।

नेता कार्कीले सामाजिक सञ्जाल फेसबुकमा सोलुखुम्बेलीहरुको लागि स्टाटस लेख्दै लकडाउनको समयमा समस्यामा परेका श्रमिक र विद्यार्थीहरुलाई सहयोग गर्ने बताएका हुन् । ‘कोरोना भाइरसले विश्वनै आतंकित भैरहेको बेला हामी सबैले सकेको सहयोग गर्नुपर्छ,’ नेता कार्कीले भने, ‘सोलुखुम्बुबाट काठमाडौं आई बसेका कोहि श्रमिक र विद्यार्थीहरु समस्यामा हुनुहुन्छ भने मैले सकेको सहयोग गर्नेछु ।’

कोरोनाबाट नेपालीहरु पनि उच्च जोखिममा रहेकाले जोखिम न्यूनीकरण गर्नका लागि सावधानी अपनाउँदै सामाजिक दूरी कायम राख्नुको विकल्प नरहेको पनि उनले बताए । ‘यस्तो कठिन परिस्थितिमा आफू पनि बाँचौं, अरुलाई पनि बचाऔं भन्ने पवित्र उद्देश्यले सरकारले लकडाउन घोषणा गरेको हो भनेर हामी सबैले बुझ्नु पर्छ,’ नेता कार्कीले भने, ‘यस्तो अवस्थामा कोहि पनि घरबाट ननिस्कन र घरमा पनि सावधानी अपनाएर रहन म सम्पुर्णमा हार्दिक अनुरोध गर्दछु ।’

‘सोलुखुम्बुबाट काठमाडौ आई बसोबास गरिरहनु भएका तथा सोलुखुम्बुमा रहनु भएका विद्यार्थी, श्रमजीवी तथा विपन्न वर्गलाई लकडाउनले दैनिक गुजारा चलाउन समेत कठिन भएको वा लकडाउनको अवधीभर कुनै समस्या परेको खण्डमा तपशिलका नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु,’ कार्कीले भने, ‘तपाईहरुको समस्याको समाधान गर्न तत्पर रहेको र सधैंभरी यहाँहरुकै साथमा रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’

तपाई यदि समस्यामा हुनुहुन्छ भने, प्रकाशसिंह कार्कीलाई ९८५१०२०४९३, ९८१३७६३०३३, दिनराज बास्तोलालाई ९८६२८४८४८३ र ९८०३५५२८७५ सम्पर्क गर्न सक्नुहुनेछ ।

आदरणीय सोलुखुम्बुबासी दाजुभाइ तथा दिदिबहिनी हरु , कोरोना भाइरस (COVID-19)ले बिश्वब्यापी रुप लिइसकेको बर्तमान अवस्थामा…

Prakash Singh Karki द्वारा इस दिन पोस्ट की गई मंगलवार, 31 मार्च 2020

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार