वीर अस्पतालमा मृत्यु भएका २ जनामै कोरोना संक्रमण नभएको पुष्टि !

Facebook Debugger

काठमाडौं । वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिला र अर्का पुरुषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण नभएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वीरका डा. विद्यानिधि पौडेलले जानकारी दिए ।

चन्द्रगिरी नगपालिका, सतुंगलकी ३४ वर्षीया महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो ।

ज्वरो आएका कारण सोमबार विहान उपचारका लागि वीर अस्पताल आएका अन्दाजी ५० वर्षका पुरुषको दिउँसो मृत्यु भएको थियो । उनी भर्खरै भारतबाट आएका थिए । उनको पनि कोरोना संक्रमित नभएको पुस्टि भएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार