कोरोना अपडेट : प्रदेश १ मा ३० जनाको रिर्पाट नेगेटिभ, १६ जनाको आउन बाँकी !

Facebook Debugger

विराटनगर । प्रदेश नम्बर १ बाट कोरोना भाइस (कोभिड-१९)को आशंकामा नमूना संकलन गरिएकामध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ । १० महिलासहित ४६ जनाको नमुना संकलन गरिएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता डा. सुरेश मेहताले अहिलेसम्म सबै भन्दा बढी सुनसरीबाट २५ जना त्यसैगरी झापाबाट ५ जना, मोरङगबाट ७ जना, धनकुटाबाट १ जना, र्तेहथुमबाट २ जना, सोलुखुम्वुबाट २ जना, उदयपुरबाट १ जना र पाँचथरबाट ३ जनाको नमुना संकलन गरिएको छ ।

नमूना संकलन गरिएकामध्ये १६ जनाको रिपोर्ट आउन बाँकी रहेको मेहताले बताए । उनका अनुसार प्रदेश १ मा ७ जना आइसोलेसनमा भर्ना भएका छन् । ४ महिलासहित ७ जना आइसोलेसनमा भर्ना भएका हुन् । जसमा सोलुमा १, उदयपुरमा २, पाँचथरमा ३ र ताप्लेजुङबाट १ जना आइसोलेसनमा भर्ना भएका हुन् । आइसोलेसनमा भर्ना भएका मध्ये २ जना डिस्चार्ज भएको प्रवक्ता डा. मेहताले बताए ।

प्रदेश १ मा हालसम्म ३५ वटा अस्पतालका ३ सय ६१ वटा आइसोलेसन बेड तयारी अवस्थामा रहेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार