चिकित्सकनै तर्सिएपछि … बिरामी र स्थानीयवासी हैरान !

Facebook Debugger

झापा । कनकाईस्थित एक औषधि पसलमा सामान्य स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गर्न नमानेपछि बिरामी र स्थानीयबासी हैरान भएका छन् । कोरोना भाइरसको त्रासका कारण अस्पतालमा जान छाडेका चिकित्सकले औषधि पसलको दैनिक सेवामा समय दिए पनि सामान्य अवस्थाका बिरामी देख्दा समेत तर्सिने गरेपछि सर्वसाधारण चिन्तित भएको स्थानीयवासी बताउँछन् ।

जोखिम मोलेर सेवा दिँदै गरेको बताउने औषधि व्यवसायीले मौसम परिवर्तनसँगै मानिसमा देखिने सामान्य ज्वरो, रुघाखोकी, झाडापखाला लगायत बिरामी आउँदासमेत प्राथमिक उपचारका साथमा कुनै किसिमका औषधिसमेत दिन नसक्दा सामान्य समस्याका लागि पनि ठूलै स्वास्थ्य अस्पताल धाउनुपरेको स्थानीयवासी दुर्गा चापागाईँले गुनासो गरे ।

झापाको बिएण्डसी अस्पताल बिर्तामोडका साथै ओमसाई भद्रपुरमा समेत बिरामीको सेवा दिँदै आउनुभएका डा. ज्ञानदेव ठाकुर आफ्नो नियमित सेवामा कनकाईस्थित प्रधान मेडिसिन सेन्टरमा गएका बेला चापागाईँ आफ्नो छोरा लक्ष्मीप्रसादको स्वास्थ्य परीक्षण गर्न गए । पिसाबमा इन्फेक्सनको समस्याका कारण केही अस्वस्थ भएपछि प्राथमिक चरणको उपचार गर्न पिसाब र रगत जाँच गर्नका लागि आइतबार बिहानैदेखि चापागाईँ प्रधान मेडिसिन सेन्टरको सम्पर्कमा रहेका थिए । सेन्टरका सञ्चालक सुरेन्द्र प्रधानले प्रयोगशालामा काम गर्ने स्टाफ बिदामा रहेकाले हाललाई आफ्नो सेवा बन्द भएको जानकारी दिएका छन् ।

विभिन्न रोगका विशेषज्ञ चिकित्सकको सेवा सञ्चालनमा रहेको प्रचारबाजी गर्दै आएका यस क्षेत्रका केही औषधि पसलमा दैनिक सेवामा आएका चिकित्सकले वर्तमान अवस्थामा सामान्य अवस्थाका विरामीलाई समेत नहेरेपछि स्थानीयवासी प्राथमिक उपचारबाटै वञ्चित बनेका हुन् । मुख्य बजार क्षेत्रमा रहेका नाम चलेका औषधि पसलमा आउने दैनिक सेवाका चिकित्सकले बिरामी हेर्न नमानेपछि तत्कालको अवस्थामा सेवाग्राही संकटमा परेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार