कोरोनाको भूमरीभित्र प्रेमिल जोडिहरुको रोमान्स [फोटोफिचर]

Facebook Debugger

काठमाडौं । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट विश्वका प्रायः सबै देश ग्रसित छ । परिवारका सदस्यहरुबीच पनि दूरी कायम गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका आम नागरिकलाई सचेत गरेको छ ।

चिलीको स्यान्टियागोमा रहेको आर्टुरो मेरिनो बेनिटेज अन्तर्राष्ट्रिय एयरपोर्टमा एक जोडी चुम्बन गर्दै । तस्वीर: रोयर्टस

पछिल्लो समय तीव्र रुपमा फैलिरहेको कोरोनाले एक आपसको दूरी लम्बिदै गर्दा कतिपय देशका प्रेमिल जोडिहरुले माया साटासाट गरेका लोपोन्मुख दृष्यहरुले सबैको मन अमिलो बनाउँछ । प्राणघातक रोगले पनि ती प्रेमिल जोडिको मायाको सामु फिक्का जस्तै बनाई दिएको आभास दिलाएका छन्, ती प्रेमिल जोडिहरुले ।
भनिन्छ नी, समस्यासँग भाग्ने होइन । समस्याभित्रै जीउन सिक्नु पर्छ । अथवा समस्या जस्तोसुकै होस, तर त्यही समस्याभित्र विकल्पका बाटोहरु धेरै हुन्छन् । मात्र हामीले ती विकल्पका बाटोहरु पहिल्याउन सक्नुपर्छ । विश्व व्यापी रुपमा कोरोनाका कारण विकराल समस्या भए पनि केहि प्रेमिल जोडिहरुले विकल्प खोजेर एक आपसमा माया साटासाट गरेका दृष्यहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
मृत्यु शास्वत सत्य हो । तर, मृत्युभन्दा अगाडि अथवा बाँचुञ्जेल जस्तोसुकै समय र परिस्थितीबीचमा पनि रोमान्स गर्नेहरुनै जीवनको सार्थकताका साथ जीउन सक्छन्, भन्ने उदाहरणहरु विश्वमा धेरै छ । जो जीवित रहुञ्जेल जस्तोसुकै समय र परिस्थितीमा पनि हाँसेरै बाँचिरहेका छन् ।
पछिल्लो समय केहि देशमा प्रेमिल जोडिहरुमात्र होइन मिल्ने साथीहरुले पनि एक आपसको माया र सद्भाव देखाएको तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । हेरौ मनै अमिलो पार्ने केहि तस्वीरहरु ।

मेक्सिको सिटीको शहरमा कोरोनाभाइरस रोग (COVID-19)को प्रवाह नगरि एक आपसमा हात समाएर हिड्दै । तस्वीर: राेयर्टस

इटालीको नेपल्समा कोरोनाभाइरसबाट बच्न देशभरि लकडाउन लगाइएकाे दोस्रोदिन लकडाउनको पर्वाह नगरी एक जोडीले सुरक्षा मास्क लगाएर माया साटासाट गर्दै। तस्वीर: राेयर्टस
इक्वेडरको ग्वायाकिलको जोसे जोकिन डि ओल्मेडो अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोनाभाइरस (COVID-19)का कारण मास्क लगाएर एक जोडी चुम्बन गर्दै । तस्वीर: राेयर्टस
अनुहार मास्क लगाएका दम्पतीले कोरोनाभाइरस रोग (COVID-19) को फैलावटबाट बच्न माक्स लगाएर अङ्कमाल गर्दै । तस्वीर: राेयर्टस
चीनको शंघाईमा आपतकालिन संकट घोषणा गर्दै पूरै शहर लकडाउन भएपनि पार्क शपिंग क्षेत्रमा एक साथी एक अर्कालाई चुम्बन गर्दै। तस्वीर: राेयर्टस
लण्डन, ब्रिटेन, कोरोनाभाइरस (COVID-19)ले आत‌क मच्चाई रहेको बेला हम्मरस्मिथ भूमिगत स्टेशनमा अनुहारको मास्क लगाएका एक दम्पती माया साटासाट गर्दै । तस्वीर: राेयर्टस


हुबेई प्रान्त वुहानको सडकमा पूर्व चिनियाँ नेता माओत्सेतुङको मूर्ति अगाडि अनुहारमा मास्क लगाएका एक दम्पती जोडि गन्तव्यतिर जाँदै । तस्वीर: राेयर्टस

जापानमा कोरोनाले मात्र होईन मुसलधारे पानीले पनि छेकेन एक जोडिलाई । मुसलधारे वर्षाको वास्तै नगरी गन्तव्यतिर लाग्दै एक प्रेमिल जोडि । तस्वीर: राेयर्टस
चेक रिपब्लिकको प्रागमा कोरोनाभाइरसको पर्वाह नगरी सूर्यास्तको समयमा एक जोडी चार्ल्स ब्रिजमा एक आपसमा मायालु कुराकानी गर्दै । तस्वीर: राेयर्टस
जर्मनीको ह्याम्बर्गमा एक दम्पती झ्यालमा बसेर एक आपसमा मायालु कुरा गरिरहेका छन्। तस्वीर: राेयर्टस
एक जर्मन जोडीले जर्मन-स्विट्जरल्याण्डको सीमामा जर्मन अधिकारीहरूले बनाएको बारको दुबै छेउमा उभिएपछि लेक कन्स्टेन्सको किनारमा रहेको पार्कमा कोरोनाभाइरसको पर्वाह नगरी एक आपसमा अगालोमा बाधिएका छन् । तस्वीर: राेयर्टस
मेक्सिको सिटीमा कोरोनाभाइरसबाट पहिलो संक्रमितको मृत्यु भएपछि सुरक्षात्मक मास्क लगाएका एक वृद्ध दम्पती टापो बस टर्मिनलतर्फ जाँदै । तस्वीर: राेयर्टस
इजरायली दम्पती रोनी बेन-एरी र योनाटन मेउशर, ईन हेम्ड वन विवाह समारोह स्थलमा विवाह भइरहेको बेला नाच्न थाले। तस्वीर: राेयर्टस
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार