भ्वाईसको टप १२ बाट बाहिरिए जेनिश

काठामडौं । द भ्वाईस अफ नेपालको टप १२ बाट धरानका प्रतियोगी जेनिश राई बाहिरिएका छन् ।

दर्शकले दिएको भोट अन्य ११ प्रतियोगीको भन्दा कम भएकाले जेनिश टप १२ बाट बाहिरिएका हुन् । भ्वाईसको ब्लाईन्ड, ब्याटल र नकआउट चरण पार गर्दै उनी लाईभ राउण्ड अर्थात टप १२ मा प्रवेश गरेका थिए ।

आज (शनिबार) भ्वाईसको मञ्चबाट फेरी टप ११ मध्ये सबैभन्दा कम भोट पाउने प्रतियोगी बाहिरिने छन् । टप ११ प्रतियोगीलाई आजको भ्वाईसको अन्तिम प्रस्तुतिसम्म भोट गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार