प्रशानले जुराईदिए राजेश र सुदिताको ‘लगन’ [भिडियोसहित]

काठमाडौं । ‘राई ईज किङ’को उपनामले परिचित सदावहार गायक राजेशपायल राई र द भ्वाईस अफ नेपालको नकआउट चरणबाट बाहिरिएकी प्रतियोगी सुदिता राईको लगन जुरेको छ ।

राजेश र सुदिताको लगन गीतकार एवं सञ्चारकर्मी प्रशानएलुङ राईले शब्द मार्फत गीतमा जुराई दिएका हुन् । ‘लगन जुर्ने कहिले हो’ बोलको मर्मस्पर्शी गीतमा राजेशपायल राई र सुदिता राईले आवाज भरेका छन् ।

एक प्रेमिल जोडिले आफ्नो लगन, विवाह र दापत्य जीवनको बारेमा परिकल्पना गर्दै रोमाञ्चित भएको भावलाई गीतमा प्रस्तुत गरिएको छ । बेहुली बनाई डोली चढाई लाने धोको प्रेमीको छ भने डोलीमा चढि बेहुली भएर जाने ईच्छा प्रेमिकाको छ ।

गीतकार एवं सञ्चारकर्मी प्रशानएलुङ राई सोलुखुम्बु नेचासल्यान गाउँपालिका ५, लवङ्सेका स्थायी बासिन्दा हुन् । अहिले उनी रोजगारीको सिलसिलामा अमेरिकाको न्यूयोर्कमा बस्दै आएका छन् ।

गीतकार राईले यसअघि ‘स्मरण’ नामक गीति एल्बम बजारमा ल्याएका थिए । ‘स्मरण’ गीति एल्बममा ७ वटा गीत समावेश गरिएको छ ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार