पल शाहले समाचारवाली श्री पाण्डेलाई ‘फूलकुमारी’ बनाएपछि

काठमाडौं । नायक पल शाह र कान्तिपुर टिभीकी चर्चित समाचारवाली श्री पाण्डे अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । डा.प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर र संगीत रहेको गीत ‘फूलकुमारी’ भिडियोमा मोडेल श्री पाण्डे र नायक पल शाहले अनस्क्रीन रोमान्स गरेका छन् ।

गीतको भिडियो काठमाडौ उपत्यका आसपासका रमणीय ठाउँहरुको सुन्दर दृष्यलालाई कैद गरी छायांकन गरिएको छ । उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन रहेको ‘फूलकुमारी’लाई ‘ट्वान्टीवान लभ’, ‘यु एन आई’ जस्ता सफल सिरिजका निर्देशक सरिन पोखरेलले निर्देशन गरेका हुन् ।

विगत १७ वर्षदेखि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय म्युजिक कम्पनी एसियन म्युजिक कम्पनीले भिडियोको बजार व्यवस्थापनको जिम्मा लिएको छ । गीतलाई युट्युब लगायत संसारभर ७० वटा डिजिटल प्लेटफर्मबाट एकैपटक सार्वजनिक गरिएको एसियन म्युजिक कम्पनीका प्रमुख निर्देशक ईश्वर गुरुङले बताए ।

पेसाले चिकित्सक रहेका डा.प्रकाश पौडेल विगत केही वर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा सफल गीतकारको परिचय बनाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार