संकटको बेला सकेको सहयोग गर्नुनै सबैभन्दा ठूलो धर्म हो : सभापति बस्नेत

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेस सोलु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले दैनिक ज्यालादारी श्रमिकहरुलाई खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान वितरण गरेका छन् ।

विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण देश लकडाउन भएकाले दैनिक रुपमा ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई एक छाक खान समेत नभएका परिवारलाई चामल, दाल, नुन र तेल दिएको सभापति बस्नेतले बताए । अझै अन्य श्रमिकहरुलाई पनि सहयोग गर्ने उनले बताए ।

‘यस्तो संकटको बेला कुनै ठूलो सहयोग चाँहिदैन, दैनिक ज्याला मजदूरी गर्नेहरुलाई एक छान खान दिन सकियो भने पनि ठूलो सहयोग हो,’ सभापति बस्नेतले भने, ‘तपाई हामी सबैले सकेको सहयोग गरौं, संकटको बेलामा आफूले सकेको सहयोग गर्नुनै सबैभन्दा ठूलो धर्म हो ।’ देशमा लकडाउनको समय लम्बिएपछि काठमाडौं उपत्यकाबाट हजारौं श्रमिकहरु हिडेरै घरतिर लागेका छन् ।

सभापति बस्नेतले काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोक र सोलुखुम्बुबाट काठमाडौं आई दैनिक मजदूरी गर्ने श्रमिकहरुलाई दैनिक उपभोग्य वस्तु वितरण गरेका हुन् । उनले विभिन्न समयमा आर्थिक अभावमा परेकाहरुलाई पनि सहयोग गर्दै आएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार