भ्वाईसको टप ११ बाट बाहिरिए विजय

काठामडौं । द भ्वाईस अफ नेपालको टप ११ बाट प्रतियोगी विजय ठाडामगर बाहिरिएका छन् ।

दर्शकले दिएको भोट अन्य १० प्रतियोगीको भन्दा कम भएकाले विजय टप ११ बाट बाहिरिएका हुन् । भ्वाईसको ब्लाईन्ड, ब्याटल र नकआउट चरण पार गर्दै उनी लाईभ राउण्ड अर्थात टप ११ मा प्रवेश गरेका थिए ।

आउने शुक्रबार भ्वाईसको मञ्चबाट टिम प्रमोद र टिम तृष्णको ६ प्रतियोगीमध्ये सबैभन्दा कम भाट प्राप्त गर्ने प्रतियोगी भ्वाईस अफ नेपालबाट बाहिरिने छन् ।
टप १० मध्ये प्रमोद र तृष्णाको टिमका प्रतियोगीलाई यो साता भोट गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार