थुलुङ दुधकोशीमा दैनिक ज्यालादारी मजदूरलाई राहत वितरण !

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको ७ गाउँपालिकामध्ये सबैभन्दा ठूलो गाउँपालिका थुलुङ दुधकोशी गाउँपालिकाभित्र रहेका सुकुम्बासी, अति विपन्न परिवार र दैनिक ज्यालादारी मजदूरहरुलाई खाद्यान्न वितरण गरिएको छ ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट बच्न देशैभरि लकडाउन भएपछि गाउँपालिकाभित्र बसोबास गर्ने अति विपन्न परिवार र दैनिक ज्यालादारी मजदूरहरुलाई विहान बेलुकी छाक टार्न समस्या भएपछि गाउँपालिकाले राहतको कार्यक्रम ल्याएको हो ।

गाउँकार्य पालिकाको बैठकले गाउँपालिकाभित्र रहेका सुकुम्बासी, अति विपन्न परिवार र दैनिक ज्यालादारी मजदूरहरुको तथ्यांक संकलन गरी राहत वितरण गर्ने निर्णय गरेसँगै आवश्यकीय दैनिक उपभोग्य वस्तुहरु वितरण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

आज (बिहीबार) गाउँपालिकाको वडा नं ६ मुक्लीका ८० घरपरिवार (सुकुम्बासी, अती विपन्न परिवार र दैनिक ज्यालादारी मजदूरहरु)लाई राहत वितरण गरिएको पनि अध्यक्ष राईले बताए । आजबाट शुरु गरिएको राहत वितरण पालिकाको सबै वडामा वितरण गरिने पनि उनले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार