बलिउड अभिनेता शाहरुखले ५ हजार परिवारलाई खाना खुवाउने !

Facebook Debugger

काठमाडौं । बलिउडका सुपरस्टार शाहरुख खानले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न विभिन्न चरणमा सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा रेड चिल्ली इन्टरटेनमेन्टमार्पत पोस्ट गर्दै भनेका छन्, ‘मेरो टीम र मैले हाम्रो आफ्नै तरिकाले योगदान गर्ने उपायहरुबारे छलफल गरिरहेका छौँ । हामी विभिन्न चरणहरूमा आउनेछौं, यसले थोरै भए पनि मानिसको जीवनमा फरक आशा जाग्नेछ ।’

शाहरुखले स्वास्थ्यकर्मीहरूको लागि ५० हजार पीपीई उपकरणहरू आपूर्ति गर्न महाराष्ट्र र पश्चिम बंगालमा राज्य सरकारहरूसँग मिलेर काम गर्ने छन् ।

उनले मुम्बइमा बसोबास गर्ने ५ हजार ५ सयभन्दा बढी परिवारलाई दैनिक खानाको व्यवस्था गर्ने बताएका छन् । यसका साथै त्यहाँ एक भान्साघर पनि स्थापना गरिनेछ जसले दैनिक घरहरू र अस्पतालहरूमा सेवा र्पुयाउँछन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार