पर्यटन व्यवसायी एवं कांग्रेस नेता शेर्पाद्धार १०० परिवारलाई राहत वितरण [भिडियोसहित]

2.9k Shares

काठमाण्डौँ । पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस वन, वातावरण तथा विपद व्यवस्थापन विभागका केन्द्रीय सदस्य, युवा नेता कर्मा शेर्पाले १ सय घरपरिवारलाई राहत वितरण गरेका छन् ।

सोलुखुम्बु स्थायी ठेगाना भई अस्थायी रुपमा काठमाडौंमा बस्दै आएका जिल्लाको विभिन्न गाउँपालिकाका अति समस्यामा परेका दैनिक श्रमजीवी मजदुर र विद्यार्थीहरुलाई व्यवसायी शेर्पाले राहत वितरण गरेका हुन् । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस (कोभिड-१९)बाट बच्न निरन्तर लामो समयदेखि लकडाउन र निषेधाज्ञाका कारण समस्यामा परेका श्रमजीवी मजदुर र विद्यार्थीहरुको दैनिकी अझै समस्याग्रस्त भएकाले राहत वितरण गरिएको पर्यटन व्यवसायी एवं युवा नेता कर्मा शेर्पाले बताए ।

‘राहत भन्दा पनि मैले मानवियता देखाएको हो । हामी सबैले आफूले सकेको सहयोग गर्नु मानविय कर्तव्य हो ।’ नेता शेर्पाले भने, ‘समय र परिस्थित कहिल्यै हाम्रो काबुमा हुँदैन । कहिले के कहिले के समस्याहरु आइरहन्छन् । ती समस्याको डटेर सामना गर्नु नै हाम्रो जीत हो । त्यसैले अहिलेको महा संकटमा मैले आफूले सकेको सानो काम मात्रै गरेको हो ।’

शेर्पा नेपाली कांग्रेस सोलुखुम्बुको प्रदेश ‘ख’ संयोजक तथा दी स्मल वल्र्ड (टिएसडब्लु)का अध्यक्ष समेत हुन् । राहत स्वरुप शेर्पाले प्रति परिवार २५ केजीको एक बोरा चामल, ५ केजी दाल र ५ केजी मस्यौरा वितरण गरेका छन् ।

नेता शेर्पाले एक महिनादेखि विभिन्न सामाजिक संस्थाहरुको सहकार्यमा उपत्यका भित्रका विभिन्न स्थानमा खाना खुवाउदै आएका छन् ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार